दमक । भाद्र ३ गते देखि ग्रील तथा स्टील ब्यवसायी महासघ नेपाल र ब्यवसाय जन्य सुरक्षा तथा स्वास्थ केन्द्रको सहकार्यमा ग्रील तथा स्टील ब्यवसायी सघ दमक इकाई समिती भित्र रहेका ग्रील उध्योगी र ग्रील श्रमिकलाई लक्षित गरि ३ दिवसीय सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रमको उदघाट्न गर्नु हुँदै दमक नगरपालिकाका मेयर राम थापाले दमक नगर भित्र सन्चालित ग्रील उध्योगलाई ब्यवस्थीत गरि सुरक्षीत एवम बाताबरण मैत्री उध्योग सन्चालन गर्न यस तालिमले मद्धत पुग्ने बताउनु हुँदै दमक नगरपालिका भित्र अबैध रुपले सन्चालित ग्रील उध्योगलाइ सहज किसिमले कानुनी दायरामा ल्याउने र कानुनी दायरामा आउन नचाहने ग्रील उध्योगी र मेट्ल फेबृकेटर्सलाई निरुत्साहित गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।
दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई प्रसाइले ठुलो संख्यामा रोजगारी दिदैआइरहेको नगरपालिका भित्रका ग्रील उध्योगी समस्याहरु समाधान गरि ब्यवस्थीत उध्योग सन्चालन गर्ने बातावरण सृजना गर्न दमक नगरपालिकाले सहयोग गर्ने बताउनु हुँदै स्वच्छ सुन्दर सफा नगरपालिका बनाउन सबै ग्रील उध्योगी र श्रमिकहरुलाइ आग्रह गर्नु भएको थियो।
कार्यक्रमका विशिष्ट अतिथी ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका केन्द्रिय अध्यक्ष मोहन कटुवालले ब्यवसाय जन्य सुरक्षा तथा स्वास्थ सम्बन्धी ज्ञान नहुदा बर्सेनीअकालमा ज्यान गुमाउने अङ भङ हुनेको सख्या बढिरहेको बेला यस्तो तालिमले दुर्घटना न्युनिकरण गर्न मद्दत मिल्नुका साथै उध्योगलाई ब्यवस्थीत र स्वच्छ बाताबरण मैत्री बनाउन, कार्यस्थल सुरक्षीत बनाउन वटेवा पुग्ने बताउदै यस्तो तालिम देशका अन्य भागमा पनि निरन्तर रुपमा सन्चालन गर्ने जानकारी गराउनु भएको थियो।
महासघका पुर्व सदस्य बिमल नेपालले सन्चालन गर्नु भएको उक्त उदघाटन कार्यक्रममा ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ केन्द्रका प्रमुख श्री उमेश यादबले तालिमको उदेश्य र उपादेयताको बारेमा जानकारी गराउनु हुँदै आगामी दिनहरुमा पनि यो क्षेत्रमा यस्तो तालिम तथा अन्तर्कृया कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।
दमक इकाई समितिका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दमक उध्योग बाणिज्य सघका अध्यक्ष गोकुल श्रेष्ठ र हिमशिखर टेलिभिजनका प्रमुखले ग्रील ब्यवसाय अन्य ब्यवसाय भन्दा बढी जोखिम ब्यवसाय भएकोले यो तालिम अत्यन्तै प्रभाकारी एवम फलदायी भएको बताउदै ग्रील उध्योगको प्रबर्द्धनका निम्ति सहकार्य गर्न सधै तयार रहेको बताएका थिए।
उद्घाटन सत्र कार्यक्रममा स्वागत मन्तब्य राख्दै सघका पुर्व उपाध्यक्ष नवीन सेडाइले नगरपालिका भित्रका ब्यवसायि र मजदुरको डाटा राख्ने , अबैध ब्यवसायी र मेटल फेबृकेटर्सहरुलाइ कानुनी दायरामा ल्याउन नगरपालिकाले अग्रसरता देखाउन आग्रह गर्नु भएको थियो । २५ जनाले सहभागिता जना सहभागी भएको उक्त ३ दिने तालिमका सहभागिलाइ यातायात खर्च दिवा खाना र तालिम समापन पछि प्रमाण पत्रको समेत ब्यवस्था गरिएकोछ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij