
काठमाडौँ- नेकपा (एमाले)का युवा नेता पुष्प पहराइले पार्टीकाे भातृ सङ्गठन रास्ट्रिय युवा संघ नेपाल अन्तरगत केन्द्रीय सदस्य तथा विशेष प्रदेश सह-संयोजकको जिम्मेवारी पाएका छन् ।
गुल्मी जिल्लाकाे धुर्काेट गाउँपालिका वडा नम्बर ३ हाडहाडेका स्थायी बासिन्दा पुष्प पहराई लामाे समय देखि विद्यार्थी राजनीति हुँदै राजनीतिक यात्रामा अघी बढेका पात्र हुन् ।
वि सं २०६२ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियु क्याम्पस कमिटि सदस्य हुँदै राजनीतिक जीवन सुरुवात गरेका पहराइ विसं २०६५ सालमा स्ववियु कोषाध्यक्षको उम्मेदवार बनेका थिए । सोहि साल उपाध्यक्ष बनेका पहराइले २०७१ साल सम्म अध्यक्षको जिम्मेवारी निर्वाह गरे।
लामाे समय विद्यार्थी एवं पार्टी राजनीतिमा क्रियाशिल पहराइ यतिबेला रास्ट्रिय युवा संघ नेपालकाे केन्द्रिय सदस्य बन्न सफल भएसँगै उनी पुनः चर्चामा आएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij