सिड्नी। राम्रो लिडरसिप भयो भने, राम्रो लिडर भयो भने जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि आफुलाई स्थापित गर्न सक्छन् र बाटो बनाएर अघि बढ्ने क्षमता राख्छन् । लिडरसिप क्षमता भनेको यहि हो । हो, यस्तै क्षमताको प्रदर्शन भएको छ अस्ट्रेलियाकाे सिड्नीमा ।
परशुराम पोखरेल लामो समयदेखि वि. पि. का विचार सिद्धान्त र साहित्यलाई नेपालमा मात्र नभएर विदेशमा समेत फैलाउने काममा अविरल लाग्दै आउनुभएका क्रियाशील व्यक्ति हुनुहुन्छ । पाेखरेल विपी सङ्ग्रहालय सुन्दरीजलका संस्थापक अध्यक्ष एवं नेपाली काङ्ग्रेसको नेता हुनुहुन्छ ।
जननेता वि. पि. को ४१औँ स्मृति दिवसको अवसर पारेर सिड्नीमा वि.पि. विचार संग्रह केन्द्रको शाखा गठन गरिएको छ ।
सङ्ग्रह केन्द्र स्थापनाकाे उद्देश्य भनेको वि. पि.का विचार सिद्धान्त र साहित्यलाई जिवन्त राख्ने नै हो र आजको युवा पुस्तामा वि. पि.का विभिन्न पाटालाई अन्तर्राष्ट्रिय जगतमा फैलाउने रहेको छ।
नेपाली राजनीति बुझ्नकाे लागि वि. पि.लाई नबुझी अधुरो रहनेे भएकोले पनि वि. पि. विचार संग्रह केन्द्रको महत्व अधिक रहेको बताउनुहुन्छ परशुराम पोखरेल ।
संग्रह केन्द्रको गठनमा महत्त्वपूर्ण भूमिका खेल्नुकाे अलावा सोहि कार्यक्रममा प्रमुख अतिथिकाे भूमिका समेत निर्वाह गर्नुभएका पाेखरेलले वि. पि.का योगदानकाे चर्चा र युवा पुस्तामा विपीकाे महत्व किन छ भन्दै प्रस्ट पार्नुभयो ।
नवगठित केन्द्रकाे अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशाला ढकाल, कोषाध्यक्षमा इश्वर खड्काकाे अलावा सदस्यमा नविन घले र आविष्कार रिमाल रहनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij