काठमाडौं । नेशनल प्याब्सन काठमाडौंले आयोजना गरेको चित्रकला प्रतियोगितामा तारकेश्वरमा सञ्चालित मेगा पब्लिक स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।
नेशनल प्याब्सनको महानगर समितिले संयोजन गरेको उक्त कार्यक्रममा विभिन्न ६५ विद्यालयहरुमा अध्ययनरत २ सय ५० भन्दा बढी विद्यार्थीहरु सहभागि थिए ।
उक्त प्रतियोगितामा मेगा पब्लिक स्कुलका प्रतिभाशाली छात्र दिशान्त भुसालले जुनियर तर्फ प्रथम स्थान हासिल गर्न सफल भएका छन् भने सोही स्कुलकी छात्रा स्मृति तामाङले सिनियर तर्फ तृतीय स्थान हासिल गर्न सफल भएकी छिन् ।
आफ्नो विद्यालयका विद्यार्थीहरु निरन्तर रुपमा विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शनी गरिरहँदा आफूहरुलाई थप ऊर्जा प्राप्त हुँदै आएको मेगा पब्लिकका प्रिन्सिपल अमृत भण्डारीले सेतोघर डट कमलाई बताए ।
मेगा पब्लिक स्कुलले विद्यार्थीको अतिरिक्त क्षमता विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलाप एवं व्यक्तित्व र नेतृत्व विकास अन्तरगत गुणात्मक पक्षलाई विशेष ध्यान दिँदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij