
काठमाडौँ । चीन र ताइवानबीचको विवाद बढ्दै गईरहेको छ। अमेरिकी संसद अध्यक्ष न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट भड्केको चीन उनी फर्कनेबित्तिकै झन् आक्रामक बनेको छ। ताइवानलाई घेर्न चीनले ताइवानको सीमा वरिपरि घेराबन्दी सुरु गरेको छ। खबर अनुसार, चिनियाँ सेनाले ताइवान को वरिपरि सैन्य अपरेशन सुरु गरेको छ ।
मिडिया रिपोर्टका अनुसार, चीनले ताइवानको सीमामा भएको अभ्यासका लागि युद्धपोत, लडाकु विमान र क्षेप्यास्त्र तैनाथ गरेको छ । आधिकारिक मिडिया रिपोर्टमा भनिएको छ कि पीएलए ४ देखी ७ अगस्टसम्म ६ अलग–अलग क्षेत्रमा पनि सैन्य अभ्यास गर्नैछ, जसले ताइवान द्धीपलाई सबै दिशाबाट घेर्छ ।
ताइवानका अधिकारीहरूका अनुसार चीनको तट नजिकै रहेको ताइवानको मात्सु टापु नजिकै चीनले दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ।
रोयटर्सले देखेको र ताइवानको सुरक्षा श्रोतले पुष्टि गरेको ताइवानको आन्तरिक सुरक्षा प्रतिवेदनका अनुसार चीनले घोषणा गरेको ड्रिल जोनको दिशामा स्थानीय समयअनुसार ७ बजे यो प्रक्षेपण भएको थियो।
ताइवानका अधिकारीहरूले चिनको यो अध्यास संयुक्त राष्ट्र संघको नियम बिरुद्ध भएको बताएका छन्
‘यी अभ्यासहरूले संयुक्त राष्ट्र संघको नियम उल्लङ्घन गरेको छ, ताइवानको प्रादेशिक स्थानमा आक्रमण गर्नु र वायु र समुद्री मार्ग–निर्देशन स्वतन्त्र गर्न प्रत्यक्ष चुनौती दिनु हो , ‘ताइवानी अधिकारीहरुले भनेका छन् ।
ताइवानको शासकी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टीले भनेको छ, ‘चीनले सबैभन्दा व्यस्त अन्तरराष्ट्रिय जलमार्ग र उड्डयन मार्गहरूमा अभ्यास सञ्चालन गरिरहेको छ र त्यो ‘गैरजिम्मेवार, अवैध व्यवहारू हो ।’
चिनियाँ नौसेना जहाज र सैनिक विमानले आज बिहान धेरै पटक ताइवान स्ट्रेट मिडियन लाइन पार गरेको र दुवै पक्षका सैनिक जहाजहरू त्यस क्षेत्रमा तैनाथ परिएको ताइवानी स्रोतले बताएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् । एजेसन्सिहरुको सहयोगमा
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij