२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

विशेष स्वीकृति लिएर मात्र भारतबाट गहुँ र चिनी आयात गर्न पाइने

विशेष स्वीकृति लिएर मात्र भारतबाट गहुँ र चिनी आयात गर्न पाइने

भारतबाट गहुँ र चिनी नेपाल आयात गर्न विशेष स्वीकृति लिनुपर्ने भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना जारी गर्दै भरतबाट गहुँ र चिनी आयात गर्न चाहने विशेष स्वीकृति लिनुपर्ने भन्दै उद्योगलाई विवरणसहित मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेको हाे ।

मन्त्रालयले साउन २८ गतेभित्र उद्योग दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, आयात निर्यातको इजाजतपत्रसहित मन्त्रालयको इमेलमा निवेदन दिन उद्योगीहरुलाई आग्रह गरेको छ ।

खाद्य संकट तथा हुनसक्ने भन्दै भारतले गत बैशाख ३० गतेबाट आन्तरिक उत्पादन भएको गहुँ र चिनीको निर्यातमा रोक लगाएको थियो ।

भारतीय प्रतिबन्धको कारण चाउचाउ बिस्कुट, पास्ता लगायतको उत्पादन प्रभावित भएको भन्दै नेपाली मैदा उद्योगीहरुले गहुँको आयात खुलाउन माग गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij