२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

ई-पासपोर्टको अनलाइन आवेदन अब बिहान ११ बजेबाट नै खुल्ने,यसरी दिन सकिनेछ आवेदन

ई-पासपोर्टको अनलाइन आवेदन अब बिहान ११ बजेबाट नै खुल्ने,यसरी दिन सकिनेछ आवेदन

काठमाडौं । ई-पासपोर्टको अनलाइन आवेदन बिहान ११ बजेदेखि खुल्ने भएको छ। राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मङ्गलवार देखि बिहान ११ बजेबाट नै खुलाउने भएको हो।

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

‘राहदानी विभागले मङ्गलवारबाट प्रत्येक दिन ११ बजे अनलाइन आवेदन फाराम खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिएको छ,’ सूचनामा भनिएको छ ।

विभागले हाल २ हजार ४ सय जनाका लागि प्रि-इनरोलमेन्ट खुलाउँदै आएकोमा अब यसको कोटा पनि बढाउने तयारी गरेको छ। प्रि-इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानी विभागमा पुग्‍नुपर्छ।

यसरी भर्नुहोस्

अनलाइन आवेदन भर्न सुरुमा  https://emrtds.nepalpassport.gov.np/ क्लिक गर्नुहोस् र आवेदनको प्रकार र राहदानीको प्रकार छान्नुहोस् । अब यदि तपाईंसँग यसअघि नै एमआरपी पासपोर्ट छ भने रिन्युअल (Renewal) र पहिलो पटक राहदानी बनाउँदै हुनुहुन्छ भने न्यु (New) विकल्प छानेर फाराम भर्नुहोस् ।

नेपालमा फाराम बुझाउनेको हकमा ठाउँ छनौट गर्दा राहदानी विभाग (DOP) वा जिल्ला अथवा तोकिएका इलाका प्रशासन कार्यालय छान्न सक्नुहुन्छ र जिल्ला वा इलाका प्रशासन कार्यालयमा आवेदन दिँदा आफूले नागरिकता लिएको वा बसाइसराइ गरेको जिल्लामा मात्र आवेदन दिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij