
काठमाडौं । नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज (रुप्सन)मा नेतृत्व परिवर्तन भएकाे छ ।
रुप्सनकाे शुक्रबार सम्पन्न निर्वाचनबाट आठौं कार्यकारिणी समितिकाे लागि अध्यक्षमा पदमा डा. महेन्द्र बहादुर सुब्बा र उपाध्यक्षमा अर्जुन कोईराला निर्वाचित हुनुभएको छ ।
यसैगरि संस्थाको महासचिवमा डा. संजय उप्रेती, कोषाध्यक्षमा राजकिरण वासुकला र सदस्यहरुमा ज्ञानेन्द्र राज देवकोटा, डा. सुमन कुमार कर्ण, नारायण खनाल र वर्षा श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
नेपाल क्षेत्रीय तथा शहरी योजनाकार समाज – रुप्सनमा विकास एवं योजनाकाे क्षेत्रमा क्रियाशिल दिग्गज इन्जिनियर तथा आर्टिटेक्टहरुकाे संलग्नता रहेकाे छ । यस संस्थाले आवश्यकता बमाेजिम विभिन्न नीतिगत व्यवस्था तर्जुमा गर्ने क्रममा सरकार एवं विभिन्न सराेकारवाला निकायहरुलाइ आवश्यक सल्लाह समेत उपलब्ध गराउँदै आएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij