२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्याब्सनको लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी फेडरेसनबीच सम्झौता

प्याब्सनको लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी फेडरेसनबीच सम्झौता

काठमाडौं । प्याब्सन नेपालको लाइब्रेरी डेभलपमेन्ट फोरम र आइटी फेडरेसन नेपालसँग सहकार्य गर्ने सम्बन्धमा हस्ताक्षर भएको छ । उक्त सहकार्य प्याब्सनमा आवद्ध सदस्य विद्यालयहरुलाइ पुस्तकलाय व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्नमा लक्षित छ । सम्झाैता बमाेजिम १ महिना अवधिकाे पुस्तकालय व्यवस्थापन तालिममा विद्यालयका प्रिन्सिपल, शिक्षक, पुस्तकालय शाखा प्रमुख लगायत सहभागि हुन सक्नेछन् ।

बुधबार नयाँबानेश्वरको इन्द्रेणी फुडल्याण्डमा आयोजित एक औपचारिक कार्यक्रम बीच प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुङ्गानाले लाइब्रेरी डेभलपमेन्ट फोरमका अध्यक्ष यज्ञराज भट्टसँग र डा.राजु कुश्वाहा बीच अलग–अलग रुपमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपालका विद्यालयहरुलाई आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्न, अनलाइन पठन संस्कृतिको विकास गर्न, विद्यालय पुस्तकालयलाई व्यवस्थित बनाउँदै व्यावहारिक एवं कोर्षको अलावा रिफरेन्स पुस्तकहरु विद्यालयमा उपलब्ध हुने स्थिति सृजना गर्न प्रत्येक विद्यालयका व्यवस्थापन तहका व्यक्तिहरु पुस्तकालय व्यवस्थापन सम्बन्धमा दक्ष हुनुपर्ने आवश्यकता औंल्याइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij