२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

राप्ती हाईड्रो आईपीओ शेयर बाँडफाँड सम्पन्न, यसरी हेर्नुहाेस्

राप्ती हाईड्रो आईपीओ शेयर बाँडफाँड सम्पन्न, यसरी हेर्नुहाेस्

राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्र्क्सन लिमिटेडले असार २९ गतेबाट साधारण शेयर निष्काशन तथा बिक्री खुल्ला गरेकोमा सो आईपीओको बाँडफाँड आज श्रावण ०९ गते बिहान ९:०० बजे निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ।

कुल १४ लाख ९१ हजार ७२२ जना आवेदकले आवेदन दिएकोमा १ हजार ४२४ जना आवेदकको आवेदन रद्द गरिएको छ। बाँकी रहेका १४ लाख ९० हजार २९८ जना आवेदकले आवेदन दिएकोमा २ लाख १७ हजार ६९४ जना आवेदकले १० कित्ताको दरले पाएका छ्न्।

कम्पनीको जारी पूँजी रु.६१.२७ करोडको १०% अर्थात रु.६.१२ करोड बराबरको प्रति शेयर अंकित मूल्य रु.१०० को ६,१२,७९३ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र अर्थात रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गरिएकोमा ५,७५,१७० कित्ता शेयर मात्र बाँडफाँट भई ३७,६२३ कित्ता शेयर बाँकी रहेकोले सर्वसाधारणमा निष्काशन गरिने २३,२८,६१७ कित्ता शेयरमा उक्त ३७,६२३ कित्ता शेयर थप गरी जम्मा २३,६६,२४० कित्ता शेयर मध्ये ५% अर्थात १,१८,३१२ कित्ता शेयर सामुहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको र ३% अर्थात ७०,९८८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी २१,७६,९४० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशनमा आएको हो।

आइपिओ नतिजा हेर्नकाे लागि मेराे शेयर, शेयर निष्कासनकर्ता कम्पनिकाे वेभसाइट, www.iporesult.cdsc.com.np   लगायतबाट हेर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij