२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सानिमा बैंकको संस्थापक सेयरमा सर्वसाधारण तर्फबाट आवेदन खुल्ला

सानिमा बैंकको संस्थापक सेयरमा सर्वसाधारण तर्फबाट आवेदन खुल्ला

काठमाडौं : सानिमा बैंकको २५ लाख कित्ता संस्थापक सेयरमा अब सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।

यसअघि संस्थापक सेयरधनी डा.निरज गोविन्द श्रेष्ठको नाममा रहेको २५ लाख कित्ता सेयर सानिमाकै अन्य संस्थापक सेयरधनीले आवेदन दिनसक्ने गरी बिक्री खुला भएको थियो ।

यद्दपि, तोकिएको ३५ दिनभित्र कुनै पनि संस्थापक सेयरधनीबाट आवदेन नपरेपछि अब सर्वसाधारणले पनि भर्न पाउने गरी पुनः बिक्री खुला गरिएको बैंकले जनाएको छ ।

संस्थापक सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले साउन २ गतेबाट १५ दिनभित्र सानिमा बैंकको प्रधान कार्यालय नारायणचौर नक्साल काठमाडौंमा निवेदन दिन सक्नेछन् । प्रतिकित्ता न्यूनतम २०० रुपैयाँलाई आधार मानेर न्यूनतम २ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij