एजेन्सि । विज्ञानले आज निकै प्रगति गरेको छ। यो प्रगति यति धेरै भएको छ कि अहिले असम्भव कामसमेत सम्भव हुने थालेको छ । यस्तै घटना संयुक्त अधिराज्यको लिभरपुल शहरमा पनि भएको समाचारमा जनाइएको छ । यहाँ एक महिलाले आफ्नो पतिको मृत्यु भएको झन्डै दुई वर्षपछि मृत पतिको बच्चा जन्माएकी छिन्। यो समाचार मानिसहरूको लागि एकदमै अचम्मको कुरा हो । आउनुहोस्, यो चमत्कार कसरी सम्भव भयो, जानौँ।
मेरो श्रीमान्ले अर्को बच्चाको सपना देख्नुभयो :
लिभरपुलमा बसोबास गर्ने लरेन म्याकग्रेगरका पति क्रिसको २०२० जुलाईमा ब्रेन ट्युमरका कारण निधन भएको थियो । क्रिस र लरेन अर्को बच्चा चाहन्थे तर क्रिसको मृत्युले यो सपना चकनाचूर पारिदियो। लरेनले क्रिसलाई धेरै याद गरिन्। तिनले एक दिन हरेक परिस्थितिमा आफ्नो पतिको सपना साकार पार्ने विचार गरिन् र यसको लागि तिनले आई भी एफ प्रविधिको सहारा लिने निर्णय गरिन्।
श्रीमानको मृत्यु भएको ९ महिनापछि गर्भवती :
क्रिसको मृत्यु भएको लगभग नौ महिनापछि उनले आई भी एफ प्रविधिबाट आमा बन्ने प्रक्रिया सुरु गरिन् र क्रिसको फ्रिज गरेर राखेको शुक्रकीट प्रयोग गरेर गर्भधारण गरिन्। श्रीमानको मृत्यु भएको दुई वर्षपछि १७ मे, २०२२ मा लरेनले मृत श्रीमानको बच्चा जन्माइन् । लरेनले यो बच्चाको नाउँ एप्पल राखे।
‘मैले एप्पललाई आफ्नो बुबाको तस्बिरमा परिचित गराउनै पर्छ जस्तो लागेन। मानौं, तिनीहरूले एकअर्कालाई चिनेकै छन्। क्रिसले मलाई उहाँ जहाँबाट भए पनि आफ्नो सानो टुक्रा दिनुभएको छ, लरेनले भनिन् ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij