काठमाडाैँ- मानव जीवनका लागि योग भन्ने आह्वानसहित आज अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ ।
संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९ औँ महासभामा योग सबैका लागि आवश्यक भएकाे प्रस्ताव गर्दा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइराला लगायतले समर्थन गरेपछि विश्वभर याेग दिवस मनाउन शुरु भएकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij