काठमाडौं । २४ वर्षअघि संशोधन प्रक्रियामा रहेका बीमा ऐन संशोधन सम्बन्धि विधेयक अर्थसमितिबाट पारित भएको छ ।
अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको अध्यक्षतामा विहीबार बसेको बैठकले विधेयकलाई समितिबाट पास गरेको हो । यो विधेयक भोलि नै संसदमा पेश हुने सभापति दाहालले बताए ।
विहीबारको छलफलबाट विधेयकमा ठूलो परिवर्तन नगरिएको उनले बताए । ‘पहिला नै धेरै विषय टुङ्गिएका थिए । आज अन्तिम निर्णय भएको हो’ सभापति दाहालले भने ।
उक्त विधेयकलाई प्रतिनिधि सभाले पहिला राष्ट्रिय सभामा पठाउने र त्यसपछि प्रतिनिधिसभाबाट अनुमोदन हुने उनले बताए । बजेट अधिबेशनको अवधिमा नै उक्त विधयेक पारित गराउन आफूहरुले अनुरोध गर्दै आएको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij