काठमाडाैं । यदि तपाई रुपाताल आसपास क्षेत्रमा घुम्न जाँदै हुनुहुन्छ भने अब तपाईले त्यस क्षेत्रको मौसमसम्बन्धि एउटा जानकारी निःशुल्क हेर्न पाइने भएकाे छ ।
रुपाताल संरक्षण एकीकृत बिकास परियोजनाले रुपातालको वरिपरी कति पानी पर्यो भनेर मापन गर्न एउटा स्वचालित पानि नाप्ने मेशिन जडान गरेको छ ।
उक्त मेसिनले सो क्षेत्रमा परेको पानी मापन गरी प्रत्येक दश-दश मिनेटको डाटा कार्यालयको वेभसाइटमा पठाउने कार्यालय प्रमुख विदुर श्रेष्ठले जानकारी गराउनुभएकाे छ ।
यसरी कार्यालयको वेभसाइटमा राखिएको डाटा जो कोहीले ईन्टरनेटमार्फत मोबाईल तथा कम्प्युटरबाट सजिलै हेर्न सकिनेछ ।
कार्यालयले अहिले रुपातालमा ६ मिटर अग्लो बाँध बाँधेर तालको क्षेत्रफल बढाउने गरि निर्माणको काम कालिका-नयाँबाटो जे.भी. मार्फत गरिरहेको छ ।
कार्यालयले यसरी निर्माण गर्न लागिरहेको तालमा बर्सेनि कति पानी पर्दछ र यसले जलाशयमा कस्तो असर गर्दछ भनेर अध्ययन गर्न उक्त स्वचालित पानी नाप्ने मेशिन राखिएको भएतापनि रुपाताल अवलोकन गर्न आउने पर्यटकहरुलाई समेत उपयोगी हुने भएकाले कार्यालयले उक्त जानकारी सर्वसाधारणले समेत हेर्न मिल्ने गरि आफ्नो वेबसाइटमा राखेको छ ।
उक्त स्वचालित पानी नाप्ने मेसिनको जडान तथा आइटी सम्बन्धि कार्य भने इन्नोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा.लि., ललितपुरले गरेको हो |
कार्यालयले आफ्नो वेबसाइटमा राखेको डाटा हेर्न तलको लिंक प्रयोग गर्न सकिनेछ ।
https://rcidp.gov.np/ (select Rainfall Icon)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij