२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

ललितपुर चेम्बरबाट जनप्रतिनिधिहरुलाई बधाईं तथा शुभकामना कार्यक्रम सम्पन्न

ललितपुर चेम्बरबाट जनप्रतिनिधिहरुलाई बधाईं तथा शुभकामना कार्यक्रम सम्पन्न

 

ललितपुर । ललितपुर चेम्बर अफ कमर्शले बुधबार नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । स्वागत बधाई तथा शुभकामना कार्यक्रममा ललितपुर जिल्लाका सबै स्थानीय तहका प्रमुख एवं उपप्रमुखहरुको अलावा ललितपुर महानगरपालिका अन्तरगत सबै वडाका वडाअध्यक्षहरुलाई समेत निम्तो गरिएको थियो । हिजो सम्पन्न बधाईं तथा स्वागत कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरुलाई ललितपुर चेम्बर अफ कमर्सले टिका, खादा, सगुन एवं आकर्षक उपहार र नेवारी भोज सहित स्वागत गरेको थियो ।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जन रहनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आफुहरुले निरन्तर रुपमा व्यवसायीहरुका मनोभावना सम्बोधन गर्दै अघि बढेको बताउनुभयो । आफ्नो अघिल्लो कार्यकालमा आफुहरुले थुप्रै उत्कृष्ट क्रियाकलापहरु अघि बढाएको समेत उँहाले बताउनुभयो । साथै यसपटक पनि आफूहरुले सबै सरोकारवाला पक्षलाई साथमा लिएर नै विगतमा अघी बढाइएका कार्यक्रमहरु पूरा गर्ने र आवश्यकताका आधारमा नयाँ योजनाहरु अघी बढाउने प्रतिबद्धता समेत जनाउनुभयो ।

नेपाली उद्योग व्यवसायमा क्षमतायुक्त जनशक्तिको अभाव रहेको र त्यसको आपुर्तिको उद्देश्यले आफूहरुले विगतमा थुप्रै तालिमहरु सञ्चालन गरेको बताउँदै नगरप्रमुख महर्जनले विगतमा त्यस्ता तालिमहरु तुलनात्मक रुपमा कम उपलब्धिमूलक देखिएको समेत बताउनुभयो । साथै यसपटक कुनै तालिम माग गर्ने क्रममा ललितपुर चेम्बर अफ कमर्स लगायतका जुनसुकै संस्थाले तालिमप्राप्त जनशक्ति उत्पादनसँग जोडिने सुनिश्चितता गरी त्यसको आधार प्रस्तुत गरेर मात्र त्यस्ता प्रशिक्षणमूलक कार्यक्रम माग गर्न महर्जनले आग्रह गर्नुभएको छ ।

आफुहरु स्मार्ट सिटी निर्माणको अभियानमा रहेको बताउँदै महानगरले अघि बढाउने कार्यक्रमहरु दिगो विकास अवधारणाको मान्यताबाट निर्देशित हुने समेत बताउनुभएको छ ।

व्यावसायिक सुरक्षा आफुहरुको समेत दायित्व भएको कारण सिसिटिभी लगायत कुनै सुरक्षा संयन्त्र जडान गर्नुपर्दा कोहीकसैसँग होडबाजी गर्ने मान्यताबाट प्र्रभावित नभई वास्तविक सुरक्षाको प्रत्याभुतिलाई लक्षित गरेर सञ्चालन गर्ने र उक्त प्रणालीलाई केन्द्रीय अनुसन्धान ब्युरो (ऋक्ष्द्य) सँग समेत अन्तरआवद्धता हुने गरी सिस्टम विकास गर्र्ने आफूहरुको योजना भएको नगरप्रमुख महर्जन बताउनुहुन्छ ।

सोही कार्यक्रममा निजी लगानीका व्यावसायीहरुको प्रतिनिधित्व गर्दै ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले स्वस्थ, समृद्ध र सुरक्षित जिल्लाको रुपमा ललितपुरलाई विकास गर्नको लागि स्थानीय निकायहरुले गम्भीर तवरले योजनाबद्ध रुपमा अघी बढ्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

अहिले सम्म पनि सबै व्यवसायीहरु करको दायरामा नआएको यथार्थ स्थिति बारे जानकारी गराउ्रँदै शाक्यले कर मापन तथा निर्धारण प्रणाली परिमार्जन गरी सबै व्यवसायी स्वतः स्फुर्त रुपमा करको दायरामा समेटिने स्थिति सृजना गर्नको लागि समेत उहाँले आग्रह समेत गर्नुभयो । ललितपुर पर्यटन र कलाको शहरको रुपमा चित्रण गर्दै अध्यक्ष शाक्यले नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नको लागि आवश्यक पहल भइरहेको बताउनुभयो । साथै महानगरपालिका समेत सहकार्य एवं ललितपुर चेम्बरको पहलमा सङ्कटग्रस्त अवस्थामा रहेको श्रृलङ्कालाई यथाशक्य राहत उपलब्ध गराउनुपर्ने आवश्यकता समेत औंल्याउनुभएको छ ।

उक्त कार्यक्रममा धारणा राख्ने क्रममा अधिकांश जनप्रतिनिधिहरुले स्थानीय निकाय र व्यावसायिक सहकार्यबाट मात्र लक्षित उपलब्धि हासिल गर्न सकिने बताएका छन् । सोही कार्यक्रममा ज्योतिपुञ्ज सहकारीका अध्यक्ष नवराज कार्कीले व्यावसायिक उन्नतीको लागि सहकारी क्षेत्रसँगको सहकार्य महत्वपूर्ण हुने समेत प्रकाश पारे ।

कार्यक्रमको समापन पश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै कार्यसमिति सदस्य श्याम तण्डुकारले स्थानीय निकाय र व्यवसायिक संस्थाहरुको आपसी सहकार्यबाट नै सही नीतिगत व्यवस्था तर्जुमा गर्न र समृद्धिको दिशामा अघी बढ्न सहयोग पुग्ने भएकोले निर्वाचित जनप्रतिनिधिहरुसँग सुमधुर सम्बन्ध कायम हुन सकोस् भन्ने मान्यताले आफूहरुले बधाई तथा स्वागत कार्यक्रम आयोजना गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij