२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बालाजु स्कुल अफ इन्जिनियरिङमा आर्क वेल्डिङ तालिम सम्पन्न

बालाजु स्कुल अफ इन्जिनियरिङमा आर्क वेल्डिङ तालिम सम्पन्न

काठमाडौं । सिटिइभिटी अन्तर्गतको बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीले छोटो अवधि (३९० घण्टा)को आर्क वेल्डिङ तालिम सम्पन्न गरेको छ ।

तालिमको समापन ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यतामा भएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष मोहन कटुवालले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्ने क्रममा उहाँहरुलाई महासंघकै मातहत रोजगारी सृजना गरिने बताउनुभयो ।

उक्त अवसरमा अध्यक्ष कटुवालले अहिले नेपालमा करिब ११ हजार ग्रिल उद्योगहरु सञ्चालनमा रहेको र ती उद्योगहरुमा दक्ष जनशक्ति अभाव रहेको कारण उद्योग सञ्चालन गर्न समस्या परिरहेको बताउनुभयो । साथै जनशक्ति अभाव रहेको कठिन अवस्थामा यस तालिम केन्द्रबाट उत्पादित जनशक्तिले थोरै भएपनि उद्योगहरुलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

अहिले नेपालमा देशभरी सञ्चालित ग्रिल उद्योगमा नेपाली, भारती र बङ्गलादेशी गरी करिब एक लाख सत्तरी हजार जनशक्ति कार्यरत छन् । यहाँका ग्रिल उद्योगमा अझै बीस हजार बढी जनशक्ति तत्काल आवश्यक रहेको समेत महासंघ अध्यक्ष कटुवाल बताउनुहुन्छ ।

बजारको माग अनुसारको तालिम लिएका जनशक्तिहरुले स्वदेशमा रोजगारी पाउने र विदेश जाँदा पनि राम्रो सेवा सुविधा पाउने भएकोले यस्ता तालिमको भूमिका अत्यन्त महत्वपूर्ण रहने कटुवालको तर्क छ ।

सोही कार्यक्रममा बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्रमुख गुणानन्द झाले तालिम लिएका जनशक्तिले स्वदेशमा नै रोजगारी पाउन सकुन् भन्ने उद्देश्यले निजी क्षेत्रसँग सहकार्य गरेर उक्त तालिम आफूहरुले सञ्चालन गरेको बताउनुभयो । साथै यस्ता तालिमहरु आगामी दिनमा पनि सञ्चालन गर्दै जाने र तालिमप्राप्त प्रशिक्षार्थीहरुलाई ओजिटिको लागि निजी क्षेत्रबाट सञ्चालित उद्योेगमा पठाउने बताउनुभयो ।

ऊक्त कार्यक्रममा बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीकी उपप्रमुख उमा श्रेष्ठले यो छोटो अवधिको तालिम साधारण लेखपढ गर्न सक्ने देखि उच्च तहको शिक्षा हासिल गरेका सम्म सबैले लिन सक्ने बताउनुभयो । यस तालिममा आफ्नो घरबाट नै तालिममा जान सकिने साथै खाजा भत्ता सहित निःशुल्क तालिम पाउन सकिने हुँदा यस किसिमको तालिमको माग बढ्दै गएको समेत बताउनुभयो ।

सोही कार्यक्रममा मेकानिकल प्रशिक्षक इश्वरीलाल श्रेष्ठले विदेशमा समेत काम गरी अनुभव बटुलेका र प्लस टु पास गरेका प्रशिक्षार्थी समेत तालिम लिन आएको हुँदा  तालिम दिन र उनीहरुलाइ बुझाउन सहज भएको बताउनुभयो ।

यसपटकको तालिममा सहभागिहरु देशका विभिन्न भागबाट सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij