२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ग्रामीण परिवेश समेटिएको भिडियो ‘दाइजो मलाई दिनुस् माली गाई’ (भिडियाे सहित)

ग्रामीण परिवेश समेटिएको भिडियो ‘दाइजो मलाई दिनुस् माली गाई’ (भिडियाे सहित)

‘अब हामी छुटेर बाँच्दैनौं, बिन्ती हामीलाई नछुटाउनुस् दाई’ भन्दै बहिनीले दाइप्रति आफ्नो प्रेमरुपी सम्बन्धलाई निरन्तरता दिनको निम्ति अपिल गरेकी छिन् गीति भिडियो ‘माली गाई’ मार्फत । सामान्य विषयवस्तु र सटिक प्रस्तुती रहेको माली गाऊँ भर्खरै मात्रत सालिग्राम इन्टरटेनमेन्टले बजारमा ल्याएको छ । मायाप्रीतिमा आधारित अधिकांश गीतहरु शहरी परिवेशमा नै बन्ने गरेको अवस्थामा ‘माली गाई’ले अवश्य पनि पृथक अनुभव त दर्शकहरुलाई गराउने नै छ ।
पछिल्लो समय नेपालमा विवाहको क्रममा लाखौं रकमका आधुनिक उपकरणहरु दाइजोको निम्ति दिनुपर्ने अवस्था आएको र कतिपय अवस्थामा प्रयाप्त दाइजोको अभावमा विवाह पश्चात् श्रीमान तथा घरपरिवारले विवाह गरेर भित्र्याइएकी महिलालाई यातना दिएका घटनाहरु समेत बाहिर आइरहेको बेला यो गीत अवश्य पनि सभ्य समाज निर्माणको निम्ति मार्गदर्शक हुने आशा गर्न सकिन्छ ।

 

यस भिडियोमा मायारुपी समुद्रमा हाम फालेका एक जोडी आपसमा समर्पित छन् । सँगै जिउने कसम खाएका र मायाको प्रगाढ गहिराईमा डुबिसकेका जोडीहरुलाई बाहिरी वातावरण र घरपरिवारले साथ नदिँदा उनीहरुको मनोविज्ञानमा कस्तो प्रभाव पर्दो रहेछ भन्ने कुरा गिती भिडियोबाट दर्शाउन खोजिएको छ । ग्रामीण परिवेशलाई चित्रण गरिएको यस भिडियोले नेपालको परिवेशमा मायाप्रेमको सम्बन्धलाई घरपरिवारले अस्विकार गर्ने कुरा पनि चित्रण गरेको छ ।
सुर्य न्यौपानेले निर्देशन गरेको गीती भिडियो ‘माली गाई’मा स्वर चर्चित गायिका देवी घर्ती र नवउदायमान गुल्मीको भनभनेका प्रतिभाशाली व्यक्ति बाबुराम पन्थीको रहेको छ । यसमा लय तथा शब्द सङ्कलन सुर्य न्यौपानेले नै गरेका हुन् भने सगुन श्रेष्ठ, महेन्द्र गौतम र अञ्जु निरौलाको अभिनय रहेको छ । करन चैसिरले छायांकन गरेको यस भिडियोमा पवन सिंखडाको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij