२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दिने भएको छ ।

मंगलबार राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप तथा स्तन क्यान्सर निदान एवं उपचारलाई सहज र सुलभ बनाउन विशेष कार्यक्रम ल्याइने बताइन् ।

नीति तथा कार्यक्रममा सबै स्थानीय तहका स्वास्थ्य संस्थामा ४० बर्षमाथिका नागरिकको बर्षको एक पटक आधारभूत प्रयोगशाला परीक्षण र महिलामा हुने पाठेघर मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवा सञ्चालन गरिने उल्लेख गरिएको छ ।

त्यसैगरी, जेष्ठ नागरिकका लागि विशिष्टकृत स्वास्थ्य सेवा सुनिश्चित गरिने तथा जनस्वास्थ्यका कार्यक्रम मार्फत रोगको रोकथाम, नियन्त्रणलाई प्रभावकारी नीति ल्याइने राष्ट्रपति भण्डारीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij