२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

पाणिनी बिकाशको लागि नेकपा (एमाले )को आवस्यकता

पाणिनी बिकाशको लागि नेकपा (एमाले )को आवस्यकता

हरेक चुनावले एउटा नयाँ नेतृत्व जन्माइरहेको हुन्छ ।जुनसुकै ठाउँमापनि सफल र सक्षम ब्यक्तिको खाँचोछ ।समाजमा बिकाश निर्माण रोजगारी समय अनुसार परिबर्तन ल्याउनको लागि एउटा कुसल ब्यक्तीको आबस्यक छ । जसले घर टोल र समग्रगाउँ समाजको आबस्यकता बुझेको हुन्छ र त्यस अनुसार उक्त ठाउँमा के कस्तो आबस्यकता र त्यहाँ के कुराको समस्या छ त्यसको एजेन्डाल्याउने वा योजना बनाउने र उक्त योजनालाई समय अनुकुल लागू गर्ने ब्यक्ती समाजले खोजिरहेको छ। जुन ब्यक्ती समाजसग राम्रोसगभिजेको हुन्छ समाजका आवस्यकता बुझेको हुन्छ उसैलाई यो चुनावमा बिजय गराउनुपर्छ।जसले गर्दा समाजमा ठूलो परिबर्तन ल्याउन सक्छ। उक्त ठाउँमा धर्म संस्कृतीको संरक्षण सँस्कार परम्परा रितिरिवाज जोगाइराख्नसमाज बुझेको समाजसेवी ब्यक्ती आबस्यक पर्छ।
आगामी बैशाख ३०मा हुनगएको स्थानीय निकायको चुनावले सक्षम नेतृत्व खोजेकोछ ।जस अन्तर्गत विभिन्न दल विशेषका एजेन्डा हरु जनमाझमा छ्न ।सबैजसो पार्टिहरु आफ्ना चुनावी नाराहरु लिएर जनमाझ प्रस्तुत भएकाछ्न ।जसअनुसार प्राय ठाँउमा गठबन्धन र नेकपा एमाले बिचनै मुख्य प्रतिस्पर्धा हुने निस्चित छ । कुनैठोस एजेन्डा बिनाको सत्तागठबन्धन र बिगतमा ५४साल देखिनै स्थानीय निकायमा प्रमुख दल बनी जनमाझ भिजिरहेको एमाले जनताको सेवक बनेकोर देशमा युगन्तकारी परिबर्तन ल्याउनेसमाजको र बिकासको आधार तयार गर्ने र देशमा शुखी नेपाली समृद्ध नेपाल ,भन्ने मुल नारा रहेको छ। देशमा गुणस्तरीय शिक्षा स्वास्थबिकास निर्माण र रोजगारीको खास खाका मुख्य एजेन्डा रहेको एउटा देश भक्त राष्ट्रिय स्वाधीनताको सधैं रक्षा गर्ने बिदेशी सामु कहिल्यै नझुकने पार्टीको रुपमा सबैजनताको साथरहेको एमाले बिचको चुनावि प्रतिस्पर्धाले एमाले को बिगतको राम्रोकामले गर्दापनी प्रमुख पार्टिमा रुपमाफेरि उदाउने र तय गरेकोनारा सफल हुने निश्चिति जस्तै छ।

देशमा ७५३ स्थानीय निकाय अन्तर्गतअर्घाखाँची जिल्लामा ६वटा निकाय पर्दछ्न त्यसअनुसार तीन नगरपालिका र तीन गाउँपालिका छ्न ।जस अनुसार पाणिनी गाउँपालिका एउटा हो ।यश गाउँपालिका पहिलेको आठ गाबिस मिलि आठ वटा वडाहरु रहेकाछ्न ।यहाँको मुख्य पेशाकृषि र पर्यटनहो । समाजको आबस्यकता बमोजिम आधुनिक कृषि प्रणाली लाई अबलम्बन गर्नेउन्नत बिउमलआधुनिक खेती प्रणाली सिपमुलक तालिम उधोग धन्दाको बिकास साथै , रोजगारी सिर्जनागरी बेरोजगारीको अन्त्य र फलफूल खेतीर त्यसको ब्यबस्थित निकास बजारीकरणको ब्यबस्था आधुनिक शिक्षा तथा स्वास्थ ब्यबस्थित बस्ती सुरक्षीत समाज ,सम्पुर्ण धर्मसस्कृति परम्पराको बिकास संरक्षण पर्यटकिय क्षेत्रहरूको बिकास चिनारी ब्यबस्थित बाटोघाटो पालिकाको सबैठाँउमा शुद्ध खानेपानी तथा सिंचाइको ब्यबस्था सबैकिसिमको उपचारहुने अस्पतालको स्थापना !नयाँ उत्पादित कम्पनीको स्थापना र युवालाइ ब्यबसायपर्ती आकर्षक गर्ने र बिदेश तथा सहर केन्द्रित युवालाइगाउँमै आकर्षण उत्पादित बस्तुहरुको बजारिकरण निकास र ब्यबस्थापन । यो क्षेत्रमा प्राय सुन्तला खेतीको मुख्य फलफूल खेती हुनाले त्यसको थप बिस्तार माटोको परिक्षण गरि सुवाउदो कृषिखेतीरहेका छ्न ।

नेकपा एमालेको नारानै शुखीनेपाली समृद्ध नेपाल रहेको हुँदा र एमाले जनताको पार्टी र एमालेको नौमहिने शासन काल जनआन्दोलन खेलेको भुमिका देशमा संविधान निर्माणमा खेलेको भुमिका नाकाबन्दिमा खेलेको भुमिका र कालापनी र लिपुलेखसहितको नेपालको नक्सासमेटदा गरेको राष्ट्रिय कामलगायत विभिन्न नाराहरुमापनी र उल्लेखनीय काममापनी एमाले पार्टीजनमाझमा निकै भिझेको छ ।त्यो नारालाइ ब्यवस्तित रुपमा लागुगर्ने र समग्रपाणिनीको बिकाश गर्न बर्तमान चुनावी नेतृत्व निकैकुसल अनुभविअनुशाशीत समाजचिनेको र समग्र पाणिनिको आबस्यकता बुझेको सक्षमनेतृत्व हामिमाझ आउदैछ ।पालिकाको अध्यक्ष देखि उपाध्यक्ष र सबै वडाको टिम सफल समाजसेवी अनुभवी ब्याक्तित्व भएको हुँदा सबैवडा हरुमा यसपाली आशागरौ एमालेको सफल नेतृत्वको उम्मेद्बारीभएको छ।
जसले समाजको आशा अनुसार र आबस्यकता अनुसार बिकास निर्माण गर्न सक्छ । राम्रो बाटोघाटो सुरक्षीत बस्ती गुणस्तरीय शिक्षा स्वास्थ्यसभ्यसमाज निर्माण गर्न सक्छ।बालक देखि युवा बृद्धसम्म सेवागर्न साथै पाणिनिको मुख्यबिसय रोजगारी पर्यटन र आधुनिक कृषी प्रणालीको काम यस टिमले गर्न सक्छ ।

त्यसैले शुखी नेपाली समृद्ध नेपाल निर्माण गर्न राष्ट्रिय स्वाधिनताको रक्षागर्न गुणस्तरीय सेवा सुविधा हरु प्रवाह गर्न ।प्रत्येक गाउँ गाउँमा सिंहदरबार ल्याउन र देशमा बिकाशको सुरुवात गर्न खास त स्थानिय निकायको पहिले बिकास हुनुजरुरी छ । त्यो नेतृत्व अहिले पाणेनिमा देखिएको छ ।जसले सम्पुर्ण पाणिनिको बिकास र समृद्धिमा जोड दिनेछ । आशा गरौं यहीँ बैशाख ३०गते हुनगएको स्थानीय चुनावमा पाणिनीबाट  नेकपा एमालेको सम्पुर्ण टिमलाइ यसपालिकाका बुबाआमा दाजुभाइ दिदिबहिनी, बुद्धिजीवी युवाबर्गले एमालेलाइ बिजय गराएमा पाणिनिमा एमालेको सरकार अबस्य हुनेछ ।सुसासन समृद्धि र समाजबादको आधार पालिका पालिकामा एमालेको सरकार भन्ने पार्टीको नारा र एमालेको नारा एमालेको नेतृत्व र सभ्य समाजबिकासको लागि एमालेको पाणिनिमा एमालेको सरकार चाहिएको छ ।जसले समाजमा परिवर्तन गर्न सक्छ। परिबर्तन सम्भब छ यो नेतृत्वबाट त्यसैले सुर्यचिन्हमा मतदान गरि अत्याधिक बहुमतले यो टिमलाइ बिजय गराऔ ।

काशिराम घिमिरे
पाणिनी -४पटौटी
अर्घाखाँची ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij