२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

संस्कृतिको रक्षा र हिन्दू जागरणको लागि मेरो स्वतन्त्र उम्मेदवारीः खड्का

संस्कृतिको रक्षा र हिन्दू जागरणको लागि मेरो स्वतन्त्र उम्मेदवारीः खड्का

 

काठमाडौं । तारकेश्वर नगरपालिकाबाट रामहरी खड्का यसपटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्ति हुन् ।
गुलाबको फूल चुनाव चिन्ह लिएर खड्का यसपटक चुनावी मैदानमा उत्रिएका हुन् ।
तारकेश्वर नगरपालिकाको प्रशासनिक सुधार एवं समग्र विकासको लागि आफूलाई गुलाबको फूल चिन्हमा मतदान गरी निर्वाचित गर्न खड्काले स्थानीयबासीहरुलाई आग्रह गरेका छन् ।

नगरबासीहरुले कुनै दलमा संलग्न नभएको र विकासको पक्षमा लहर ल्याउन सक्ने स्वतन्त्र व्यक्तिको खोजी गरिरहेकोले यसपटकको निर्वाचनमा आफूलाई स्थानीय बासिन्दाहरुले विजयी गराउनेमा खड्का विश्वस्त छन् ।

हिन्दू राज्य, संस्कृत भाषाको प्रवद्र्धन, नैतिक शिक्षा र सामाजिक चेतना जागरण, युवाहरुलाई उत्पादनसँग जोड्ने आकर्षक कार्यक्रम, साना र घरेलु उद्योगको प्रवद्र्धन, संस्कृतिको संरक्षण, धार्मिक मठमन्दिर एवं परम्परागत सीप र कलाको संरक्षण लगायतका एजेण्डाहरुलाई खड्काले आफ्ना चुनावी एजेण्डा बनाएका छन् ।

श्रीपशुपतिनाथ र तारकेश्वर महादेवको आशिर्वाद एवं जनताको चाहनाले आफूलाई निर्वाचनमा उम्मेदवारी दिन प्रेरित गरेकोे खड्का बताउँछन् ।
आफूले जनताका इच्छा र चाहनाहरु सम्बोधन गर्ने उद्देश्यले आफ्नो स्वविवेकले आफ्नो योग्यताको कदर गर्दै अरु कसैको समर्थन बिना निःस्वार्थ भावले उम्मेदवारी दिएको समेत खड्काले बताएका छन् ।

नगरपालिका क्षेत्रमा आगामी दिनमा मुलुकको शान्ति र समृद्धिको उद्देश्यलाई हृदयङ्गम गर्दै जनताका माग र आवश्यकताका आधारमा दिगो महत्वका विकास आयोजनाहरुलाई अघी बढाउनुपर्ने खड्काको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij