२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

समृद्ध गौरीशंकर निर्माणको लागि एमालेलाई विजयी गराउँः गुरूङ

समृद्ध गौरीशंकर निर्माणको लागि एमालेलाई विजयी गराउँः गुरूङ

काठमाडौं । स्थानीय तह निर्वाचनमा दोलखाको गौरीशंकर गाउँपालिकालाई जिताउन अपनाउनुपर्ने रणनीति सम्बन्धमा काठमाडौंमा व्यापक छलफल भएको छ । दोलखा स्थित गौरीशंकर गाउँपालिकामा एमालेलाई जिताउने र समृद्ध गौरीशंकर निर्माण गर्ने आवश्यकता सहित आइतबार काठमाडौंमा आयोजना गरिएको भेलामा उपस्थित व्यक्तिहरूले आफ्नो धारणा व्यक्त गरेका छन् ।

नेकपा (एमाले)का पोलिट व्युरो सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले गौरीशंकर गाउँपालिकामा आफूहरूको विरूद्धमा विभिन्न षड्यन्त्र भइरहेको र ती विभिन्न अवरोधहरूलाई परास्त गर्दै एमालेलाई विजयी गराउन सबैको सक्रियता आवश्यक रहने बताउनुभयो । नेता गुरूङले मुलुकका सुशासन सहितको समृद्धिको लागि नेकपा (एमाले)लाई विजयी गराउनुपर्ने बताउनुभयो । साथै नेता गुरुङले स्थानीय जनताहरूलाई एमालेको पक्षमा जनलहर सृजना गर्नको लागि विभिन्न पेशाव्यवसाय र अध्ययनको लागि काठमाडौंमा रहँदै आएका नेताकार्यकर्ताहरूलाई यथाशक्य छिटो गाउँ फर्कन समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रममा बाग्मती प्रदेशकी पूर्वमन्त्री एवं दोलखा इन्चार्ज सरस्वती बस्नेत, नेकपा (एमाले) सम्पर्क समन्वय कमिटी प्रमुख श्याम कुमार बस्नेत बाग्मती प्रदेश सम्पर्क कमिटी सदस्य एवं प्रचार विभाग उपप्रमुख उपप्रमुख पुस्कर बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सन्तोष खड्का, सम्पर्क कमिटी सदस्य एवं दोलखा काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज अमृत खड्का, नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय बराइली डिल्लीध्वज बराइली, युवा संघ नेपालका सचिव महाराज गुरुङ, दोलखा जिल्ला कमिटी सदस्य तीर्थ खड्का, त्रिभुवन विश्वविद्यालय कर्मचारी संघका अध्यक्ष छत्र कार्की लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री सरस्वती बस्नेतले दोलखा हरेक किसिमका सम्भावनाले भरिएको जिल्ला भएको ती स्रोतसाधनहरूलाई उच्चतम उपयोग र उत्खनन गरेर मुलुककै नमुना जिल्लाको रुपमा विकास गर्नुपर्ने र त्यो अभिभारा नेकपा (एमाले)बाट मात्र सम्भव हुने बताउँदै एमालेलाई जिताउन सबैको सहयोग आवश्यक पर्ने समेत बताउनुभयो ।

सोही कार्यक्रममा नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम कुमार बस्नेतले दोलखा मात्र नभई सिङ्गो मुलुकलाई समृद्धिको यात्रामा अघी बढाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले अघी बढाउनुभएका सपना र योजनाहरुलाई सार्थक पार्न सबैको सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मूलतः समृद्ध गौरीशंकर निर्माणको लागि नेकपा (एमाले)ले विजय आवश्यक पर्ने कुरामा जोड दिएका छन् ।

गौरीशङ्कर गाउँपालिकाकी उपाध्यक्ष पदकी उम्मेद्वार मुना शिवाकोटीले आफ्नो सामाजिक प्रतिष्ठा र पार्टीको मूल नीति नै नेकपा (एमाले)को तर्फबाट आफ्नो जित्ने आधार भएको बताईन् । साथै आफूहरुको जित सुनिश्चित रहेको बताउँदै शिवाकोटीले आफूहरुको जितलाई कुनै शक्तिले रोक्न नसक्ने समेत प्रष्ट पारेकी छिन् ।

कार्यक्रममा आफ्नो उम्मेदवारीको औचित्यता र आफ्ना प्रतिवद्धता प्रस्तुत गर्दै शिवाकोटीले नेकपा (एमाले) नै मुलुकमा जनताको लागि सबैभन्दा बढी आशा र भरोसा बोकेको प्यारो पार्टी भएको समेत बताईन् ।

नेकपा (एमाले) गौरीशंकर काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा समृद्ध नेपाल र सुखी नेपालीको अभिभारा पूरा गर्नकै लागि समेत नेकपा (एमाले)को पक्षमा जनलहर ल्याउनुपर्ने कुरामा शिवाकोटी जोड दिँदै सोहीबमोजिम विभिन्न तहमा कमिटीहरू गठन गरी व्यापक मात्रामा प्रचारप्रचार अभियान सञ्चालन भइरहेको समेत बताइन् ।

गौरीशंकर गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका जंग गुरूङले स्थानीय जनताहरूको आर्थिक स्थितिमा व्यापक सुधार ल्याउन र स्थानीय स्तरमा उपलब्ध जल, जङ्गल, जडिबुटी लगायतका स्रोतसाधनको उच्चतम प्रयोग गर्दै जनताहरूलाई व्यापक रोजगारी सृजना गर्ने, शिक्षा र स्वास्थ्यमा सहज पहुँच स्थापना गर्ने र सुशासन सहितको समृद्धिलाई जोड दिन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

नेकपा (एमाले) गौरीशंकर–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा करिब ३ दर्जन स्थानीयहरू नेकपा (एमाले)मा प्रवेश गरेका छन् । साथै सोही कार्यक्रमको अवसर पारेर गौरीशङ्कर गाउँपालिका अन्तरगत रामकृष्ण लो तामाङको संयोजकत्वमा ७ सय सदस्यीय निर्वाचन परिचालन कमिटी समेत गठन गरिएको छ ।

कार्यक्रमकाे संचालन राजीव सेढाइले गर्नुभएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij