२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सम्पर्क मञ्चहरु गम्भीरतापूर्वक निर्वाचनमा खटिनुस्ः अध्यक्ष बस्नेत

सम्पर्क मञ्चहरु गम्भीरतापूर्वक निर्वाचनमा खटिनुस्ः अध्यक्ष बस्नेत

काठमाडौं । स्थानीय तह निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन जिल्ला र प्र्रदेश स्तरीय सम्पर्क मञ्चहरुको भूमिका महत्वपूर्ण हुने नेकपा (एमाले) सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेतले बताउनुभएको छ ।

देशभर स्थानीय तह निर्वाचनमा एमालेको पक्षमा जनलहर ल्याउनको लागि सम्पर्क मञ्चका विभिन्न भूमिकामा रहेका नेता कार्यकर्ताहरु कुनै आशङ्का नराखी आफ्नो भूगोलमा खटिनुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

सम्पर्क मञ्च विभिन्न पेशा, व्यवसायमा आवद्ध रही नेकपा (एमाले)मा वैचारिक रुपमा समर्पित व्यक्तिहरुको सामुहिक मञ्च भएकोले सम्पर्क मञ्चको माध्यमबाट विभिन्न महत्वपूर्ण सांगठनिक एवं सामाजिक उपलब्धि हासिल गर्न सकिने भएकोले सम्पर्क मञ्चलाई आगामी दिनमा थिङ्क ट्याङ्कको रुपमा विकास गर्नुपर्नेमा उहाँको जोड छ ।

यतिबेला देशभरका सम्पर्क मञ्चहरु निर्वाचन केन्द्रित भएर नै विभिन्न गतिविधिहरुमा केन्द्रीत हुन आग्रह गर्दै नेता बस्नेतले सबै सम्पर्क मञ्चको योगदानको निर्वाचन पश्चात् समिक्षा र मूल्याङ्कन हुने समेत बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij