काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आज बीमा समिति र सार्वजनिक खरिद अनुगमन कार्यालयमा धर्ना दिने भएको छ ।
अप्रत्यासित अत्याधिक रूपले भएको मूल्यवृद्धि, सार्वजनिक खरिद (११औं संशोधन) नियमावली २०७८ मा भएको त्रुटि सच्याउन, बीमासम्बन्धी जारी गरिएको निर्देशिक २०७८ लगायतका प्रावधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपसहित अन्य विषयका समस्या समधानका लागि धर्ना दिन थालिएको महासंघले जनाएकाे छ ।
महासंघले बिहीबार ११ बजे सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल र १ बजे बीमा समिति कुपण्डोलमा धर्ना दिने गरी आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
आफ्नो मागका विषयमा सरोकारवाला निकायहरुलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको कारणले बाध्यता भएर आन्दोलनमा उत्रिनु परेको महासंघकाे धारणा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij