यस बर्षकाे सूचना प्रविधि मेला आइएमई पेकाे मुख्य प्रायाेजनमा मगलबारबाट सुरु भएको छ । मेला ६ दिनसम्म चल्नेछ ।
मेलामा फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहेका
छन्। स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी स्टलहरु रहेका छन् ।
सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहेकाे छ ।
क्यान इन्फोटेकको २७औं संस्करण यसअघि कोभिड-१९ नियन्त्रण गर्न सरकारका निर्णयहरूलाई ध्यानमा राख्दै दुईपटक स्थगित भएको थियो।
यसपटककाे क्यान मेला काठमाडौंमा मात्र हुने योजकले जनाएको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij