
वीरगञ्ज । नेपाल चामल, तेल, दाल उद्योग संघले खाद्यान्नमा बढ्दै गरेको परनिर्भरता घटाउन र स्वदेशी चामल उद्योग बचाउन चामल आयातलाई रोक्नुपर्ने बताएकाे छ ।
नेपाल दाल चामल उद्याेग संघले धान आयातमा १ प्रतिशत र चामल आयातमा १५ प्रतिशत भन्सार महसुल लगाउनुपर्नेमा जोड दिएको छ । चामल आयात गर्दा ट्रेडर्सलाई मात्रै फाइदा पुग्ने र दीर्घकालीन समस्या समाधान नगर्ने तर्क उसको छ । नेपाली रातो बासमती चामल उच्च मूल्यको भएकोले विदेश निर्यात हुन सक्ने उद्योगीको भनाइ छ ।
चामलको सट्टामा आवश्यक पर्दा धान आयात गर्दा निकै फाइदा हुने संघकाे दृष्टिकाेण छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij