गम्भीर आर्थिक संकटबाट जुझिरहेको श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा माग्ने भएको छ । यसका साथै श्रीलंकाले एसियाली विकास बैंक र विश्व बैंकसँग पनि कर्जा लिने तयारी गरिरहेको छ ।
आईएमएफसँग यस बारेमा कुरा गर्न वित्तीय विशेषज्ञको ३ सदस्यीय सल्लाहकार समिति बनाइएको छ ।
यो कमिटीले सेन्ट्रल बैंक अफ श्रीलंकाका पूर्व गभर्नर इन्द्रजीत कुमारस्वामीलाई समावेश गरेको छ ।
कमिटीले कर्जा संकटलाई हटाउन उपायको सुझाव पेश गर्नका लागि भनेको छ । यसैबीच एसियाली विकास बैंकले २०२२ मा श्रीलंकाको आर्थिक वृद्धिमा २.५ प्रतिशतको सामान्य सुधार हुने अनुमान गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij