काठमाडौं । नेपालभाषा टाइम्सको आयोजनामा पाँच वर्षदेखि हुँदै आएको नेपालभाषा साहित्य महोत्सव कीर्तिपुरमा हुने भएको छ ।
कोरोना महामारीका कारण अघिल्लो वर्ष महोत्सव हुन सकेको थिएन । शुक्रबार र शनिबार हुने महोत्सवमा जनकवि दुर्गालाल श्रेष्ठ, वरिष्ठ साहित्यकार मल्ल के सुन्दरलगायतको उपस्थिति रहनेछ । महोत्सवमा सातवटा सेसन सन्चालन हुनेछ । आ-आफ्नो स्थानीय तहमा नेपालभाषा अनिवार्य गरेकोमा काठमाडौं, ललितपुर र कीर्तिपुर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरिने कार्यक्रम छ ।
महोत्सवको पहिलो दिन पहिलो सेसनमा उद्घाटनसँगै पुस्तक विमोचन समारोह हुने । कीर्तिपुर न्याम्हसिमास्थित नेपालभाषा एकेडेमीको हलमा हुने कार्यक्रममा पाँचवटा पुस्तकको लोकार्पण हुनेछ । जहाँ पूर्णराम मुनकर्मीको निवन्ध नेवाः गौरव, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास संकलन गिरिजाप्रसादया उपज्यास, रामभक्त कायस्थकको हाइकु संकलन लखय् लूगु किचः, स्नेह सायमीको लघुकथा संकलन स्नेह साय्मिया चिबाखं र राजेन्द्र कुमार ‘पुता’को सांस्कृति उपन्यास खिउँफाल्चा लोकार्पण हुन लागेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij