काठमाडौं । नेपाल हस्तकला महासंघको शनिवार सम्पन्न ४१ औं बार्षिक साधारणसभा एवं चुनावी अधिवेशनबाट चर्चित हस्तकला उद्यमी प्रचण्ड शाक्य अध्यक्षमा निर्वाचित हुनुभएको छ । अघिल्लो कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको भूमिकामा रही जिम्मेवारी निर्वाह गर्नुभएका शाक्य हस्तकला उद्योगका एक पुराना र अनुभवी व्यवसायी हुनुहुन्छ ।
यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा सनम सनम शाक्य निर्वाचित हुनुभएको छ । यसैगरी महासंघका उपाध्यक्षहरुमा अमृत खड्का, दिपेन्द्र शाक्य, किरण कुमार स्थापित, डिल्लीरत्न तुलाधर, दिव्यतारा तुलाधर र नवीन शाक्य निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा रेखा अर्याल, अमूल्य देवी शाक्य, रत्नमुनी ब्रह्माचार्य, विक्रम सिंह महर्जन, मिलनवीर मालाकार, राकेश बज्राचार्य, गणेशमान राजचल, पद्मराम बराल, उदिप शाक्य, माणिकमान शाक्य, विकास शाक्य, सुजनरत्न शाक्य, दीपेन्द्र शाक्य, प्रताप शाक्य लगायत निर्वाचित हुनुभएको छ । महासंघमा २७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।
महासंघमा उद्योग, वाणिज्य, एसोसिएसट, जिल्लागत, वस्तुगत एवं व्यक्तिगत लगायत विभिन्न प्रकृतिका सदस्यहरु रहने व्यवस्था छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij