२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेपाल आयल निगमकाे कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

नेपाल आयल निगमकाे कार्यकारी निर्देशकमा उमेश थानी नियुक्त

काठमाडाैं । नेपाल आयल निगमकाे कार्यकारी निर्देशक पदमा इन्जिनियर उमेश थानी नियुक्त भएका छन् ।

सुर्खेतका उमेशप्रसाद थानीलाइ बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशककाे लागि नाम छनोटका अन्तिम ३ जनामा सुर्खेतका उमेश थानी, गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम सर्टलिष्ट गरिएकाे थियाे ।

३ जना मध्ये मन्त्रिपरिषद बैठकले उमेश थानीलाई नियुक्त गर्ने निर्णय गरेको हाे ।

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र नेपाल इन्जिनियरिङ परिषद्का रजिस्ट्रारकाे भूमिका निर्वाह गरिसकेका अनुभव पात्र हुन् ।

हाल उनी लाेकतान्त्रिक विचारधाराका इन्जिनियरहरुको संगठन सेन्ट्रल फर डेमाेक्रयाटिक इन्जिनियर्स-सिडेनका अध्यक्षकाे रुपमा समेत रहँदै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij