द्वन्द्वपीडित राष्ट्रिय समाजले फागुन १ गतेलाई शोक दिवसको रुपमा मनाउने भएको छ । माओवादी हिंसात्मक विद्रोहको नाममा मानववलीरहत्या, अंगभंग, बेपत्ता, यातना, यौनजन्य हिंसा, कब्जा, सर्वस्वहरण सहित विस्थापन, चन्दा असूली, लुटपाट, आगजनी जस्ता अक्षम्य आपराधिक घटनाको शिकार भएका द्वन्द्वपीडित नेपालीहरुका लागि फाल्गुण १ कालो दिनको रुपमा रहेको भन्दै यस दिनलाई शोक दिवसको रुपमा मनाउन लागेको द्वन्द्वपीडित राष्ट्रिय समाजका अध्यक्ष कुल बहादुर गुरुङ्गले बताए ।
अहिले पनि द्वन्द्वपीडित नेपालीहरु शोकाकुल अवस्थामा नै रहेको भन्दै उनीहरुले यस दिनलाई शोक दिवसको रुपममा मनाउन थालेको हुन् ।
शोक दिवसका दिन नेपाल माओवादी पीडित संघ, द्वन्द्वपीडित सरोकार समाज र द्वन्द्वपीडित राष्ट्रिय समाजका तर्फबाट सिंहदरवार दक्षिण गेट अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रमको योजना समेत तय गरिएको छ । धर्ना विहान ११ बजे हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij