

प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा गुल्मीकाे धुर्कोट गाउँपालिका कार्यसम्पादनमा देशकै उत्कृष्ट र लुम्बिनी प्रदेशको सर्वोत्कृष्ट स्थानीय तह बन्न पुगेको छ । देशभरका स्थानीय तहका कार्यसम्पादनकाे आधारमा गरिएकाे मूल्याङ्कन मध्ये धुर्कोट गाउँपालिका देशकै उत्कृष्ट ५ गाउँपालिकामध्ये तेस्रो नम्बर स्थानमा पर्न सफल भएकाे हाे ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचकलाइ आधार मानेर गरेकाे मूल्यांकनमा धुर्काेट गाउँपालिकाले ७६.५४ अंक प्राप्त गर्दै धुर्कोट उत्कृष्ट तीनमा परेको हो भने लुम्बिनी प्रदेशमा पहिलो उत्कृष्ट गाउँपालिकाको मुुल्याङ्नमा परेको हो ।
देशभरबाट सर्वाेत्कृष्ट बनेकाे डडेल्धुराको अजयमेरु गाउँपालिकाले ७८.६९ अंक पाएको छ । दाेस्राे स्थान प्राप्त गर्न सफल मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिका ७७.११ अंक ल्याएकाे छ ।
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्यांक समेतको आधारमा आयोगले कार्यसम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको थियो । जसमा मुुल्याङनको १७ सूचक तय गरिएका थिए । समयमै बजेट पेश गरे–नगरेको, असार मासन्तभित्र बजेट पास भए–नभएको, राजस्व बाँडफाँट गरे–नगरेको, आगामी आर्थिक बर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे– नगरेको विषयमा मूल्यांकन आयोगले गरेको थियो ।
यसकाे अलावा शिक्षाकाे स्तर, सामाजिक चेतना, स्वास्थ्य तथा सरसफाइ, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, आवधिक योजना लगायतलाइ आधार मानेर आयोगले स्थानीय तहलाई आयोगले मूल्याङ्कन गरेकाे हाे ।
उत्कृष्ट गाउँपालिकाकाे रुपमा प्रतिष्ठित हुन पाउँदा आफूहरुलाइ निकै गर्वान्वित महसुस भएकाे धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले बताउनुभयाे । साथै उक्त उपलब्धि एक व्यक्तिकाे पहलबाट नभइ सबैकाे सामुहिक सहकार्यकाे सफलता रहेकाे बताउँदै सम्पूर्ण कर्मचारी, शुभचिन्तक एवं सेवाग्राहीहरुलाइ हार्दिकता प्रकट गर्नुभएकाे छ ।
आफूहरुलाइ आगामी दिनमा अघी बढ्न यस परिणामले थप उर्जा प्रदान गरेकाे बताउँदै अध्यक्ष भूपाल पाेखरेलले याे सफलतासँगै थप जिम्मेवारी बाेध भएकाे समेत बताउनुभयाे ।
धुर्काेट गाउँपालिकाले उपलब्ध स्राेतसाधनकाे उच्चतम उपयाेगलाइ जाेड दिँदै स्थानीय जनताहरुलाइ उद्यमशिल बनाउन विभिन्न आकर्षक कार्यक्रमहरु सञ्चालन गर्दै आएकाे छ । जसअन्तरगत जनशक्तिकाे क्षमता अभिवृद्धि, वित्तीय साक्षरता, कृषिका युवाहरुकाे आकर्षण बढाउन विभिन्न आकर्षक अनुदान तथा कर्जा याेजनाहरु, कृषि उपकरण खरिदमा सहजीकरण, बिउमल, खेतीकाे उत्पादकत्व बढाउन सिँचाइ सुविधा, बाँझाे जग्गाकाे उपयाेगितामा जाेड, आधुनिक चुल्हाे, पूर्ण सरसफाइकाे गुणस्तरीय शिक्षा, तालिम, खेलकुद लगायतकाे लागि समेत आवश्यक कार्यक्रमहरु सञ्चालन गरी स्थानीय जनताहरुलाइ सेवा प्रवाह गर्दै आइरहेकाे धुर्काेट गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष हिम प्रसाद पन्थीले बताउनुभयाे ।
यस गाउँपालिकाले पछिल्लाे समय भाैतिक पूर्वाधारकाे अलावा जनशक्तिकाे क्षमता अभिवृद्धि र आयस्राेतका माध्यमहरुमा स्थानीय जनतालाइ जाेड्न सके हामीले चाहेकाे उपलब्धि हासिल गर्न सकिने कुरालाइ दृष्टिगत गरी साेही बमाेजिमका पृथक कार्यक्रमहरु तय गरी अघी बढिरहेकाे र वडा नम्बर ३ का अध्यक्ष बिष्णु बहादुर थापा श्रीसले बताउनुहुन्छ ।
सेवाग्राहीहरुलाइ यथाशक्य तीव्र सेवा प्रवाह गरेर आफ्ना सेवाहरु न्यून झन्झटमा प्रवाह गर्नमा समेत धुर्काेट गाउँपालिका अग्रणी मानिँदै आएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij