२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

इन्जिनियरिङ क्षेत्र सुधारका महत्वपूर्ण संकल्पहरु सहित अघी बढेका छौंः ई. कोइराला

इन्जिनियरिङ क्षेत्र सुधारका महत्वपूर्ण संकल्पहरु सहित अघी बढेका छौंः ई. कोइराला

 

नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएका ई. ऋषि कोइरालाले चुनावी भेलालाई सम्बोधन गर्दै नेपालको इन्जिनियरिङ क्षेत्रको गरिमा माथि उठाउन आफ्नो महत्वपूर्ण योगदान रहने प्रतिबद्धता जनाउनुभएको छ ।

विभिन्न महत्वपूर्ण सङ्कल्पहरु सहित चुनावी मैदानमा अघी बढ्नुभएका इन्जिनियर कोइरालाले नेपाली इन्जिनियरहरुलाई राष्ट्रको मेरुदण्डका रुपमा सम्बोधन गर्दै इन्जिनियरिङ क्षेत्रमा चुनौती एवं सम्भावना रहेको बताउनुहुन्छ । साथै आगामी नेतृत्वको सामुहिक पहलबाट आफूहरुका सङ्कल्प (कार्ययोजना)लाई सफल बनाएरै देखाउनेमा दृढनिश्चित समेत हुनुहुन्छ कोइराला ।

ई. कोइरालाले इन्जिरियरहरु बीच चुनावी सभालाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको उत्प्रेरक अभिव्यक्तिलाई यहाँ हामीले भिडियो सामाग्री सहित प्रस्तुत गरेका छौं ।

यस्तो छ इन्जिनियर कोइरालाले समग्र नेपाली आर्किटेक्ट तथा इन्जिनियरहरुलाई सम्बोधन गर्दै दिएको अभिव्यक्तिः

राष्ट्रका मेरुदण्डका रुपमा रहनुभएका सम्पूर्ण प्रबुद्ध इन्जिनियरज्यूहरुमा हार्दिक नमस्कार । म ईन्जिनियर ऋषि कोइराला । ई.दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूहबाट उपाध्यक्ष पदको लागि उम्मेदवारी दिएको छु । हामी यतिबेला नेपाल इन्जिनियर्स एसोसिएसनको ३३औं कार्यकारिणी निर्वाचनमा छौं । नेपालको इन्जिनियरिङ क्षेत्रमा थुप्रै चुनौतीहरु छन् । चुनौतीहरु सँगसँगै हामीसँग थुप्रै अवसरहरु पनि छन् ।

दिलीप कुमार झाले नेतृत्व प्र्रदान गरेका विगतका कार्यकारिणी समितिहरुका मुख्य उपलब्धिहरु यहाँहरु सामु स्मरण गराउन चाहन्छु ।

वि.सं २०७२ को भूकम्प पछिको पुनर्संरचनामा ‘जनतासँग इन्जिनियर’ कार्यक्रम सञ्चालन गरी नेपाली इन्जिनियरहरुलाई जनतासँग स्थापित गर्न नेपाल इन्जिनियर्स एसोसिएसन सफल भएको थियो । एसोसिएसनको आफ्नै भवन निर्माण गरिएको, छात्रवृत्ति एवं आवश्यक राहत वितरण जस्ता विभिन्न सामाजिक गतिविधि सञ्चालन गरी इन्जिनियरको सामाजिक छवि उच्च बनाउनमा उक्त कार्यसमिति सफल रहेको थियो ।

इन्जिनियरलाई नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारीको रुपमा स्थापित गरी पेशागत सम्मान र सुरक्षा कायम गर्ने काम लोकतान्त्रिक समूह नेतृत्वको एसोसिएसनबाट नै भएको हो ।

एसोसिएसनको पहलमा नयाँ इन्जिनियरहरुलाई उद्यमशिल एवं स्वरोजगारमूलक बनाउने उद्धेश्यले विजनेश इन्नोभेसन सेन्टरलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको थियो ।

इन्जिनियरहरुले हासिल गरेको ज्ञान सीप अनुभव बाँड्ने, नयाँ खोज, अनुसन्धान एवं आविष्काका बारेमा इन्जिनियरहरुलाई जानकारी गराई यस्ता क्रियाकलापमा सक्रिय बनाउने उद्देश्यले यस संस्था (नेपाल इन्जिनियर्स एसोसिएसन)ले विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

एसिया प्रशान्त क्षेत्रीय इन्जिनियरहरुको महासंघ (Federation of Engineering institute of Asia & Pasific-FEAIP)को सदस्यता प्राप्त गरेसँगै अहिले नेपाल इन्जिनियर्स एसोसिएसनको प्रतिष्ठा अन्तर्राष्ट्रिय जगतमा बढ्न गएको छ ।

एसोसिएसनको पहलमा इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको लागि आवश्यक नीतिगत तथा संरचना तयार गरी प्रारम्भिक काम शुरु गरिएको छ । यस्ता यावत् कामहरु सम्पन्न गर्न सफल नेतृत्व प्रदान गर्नुभएका पूर्वअध्यक्ष इन्जिनियरहरु ई. तेज प्रसाद भट्टराई, ई. युवराज सर्मा, ई. भोजराज रेग्मी, प्रा.डा जीवराज पोखरेल, ई. किशोर शाक्य, इ. हरिओम श्रीवास्तव, डा.ई. हरेराम श्रेष्ठ, ई. ध्रुव थापा लगायत यतिबेला ई. दिलीप कुमार झा नेतृत्वको लोकतान्त्रिक इन्जिनियर समूहको साथ र समर्थनमा हुनुहुन्छ । यो नै हाम्रो लागि सौभाग्य र आगामी दिनमा इन्जिनियरिङ क्षेत्रको विकास र रुपान्तरणमा अघी बढ्नको लागि ठूलो हौसला र उपलब्धि सावित हुनेछ ।

एसोसिएसनको आसन्न निर्वाचनमा मैले तपाईंहरु माझ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । नेपालको इन्जिनियरिङ क्षेत्रको सुधार, विकास र आमूल रुपान्तरणको लागि मेरा केही महत्वपूर्ण सङ्कल्पहरु छन् ।

तपाईंहरुको समर्थन र साथ यी संकल्पहरुको व्यावहारिकताको लागि यो ठूलो हौसला बन्ने अपेक्षा गरेको छु ।

मेरा सङ्कल्पहरु

– नयाँ इन्जिनियरहरुको व्यावसायिक सुरक्षाको लागि इन्टर्नशिपको व्यवस्था गर्नेछौं । रोजगारीको लागि प्रारम्भमा अनुभव नहुने भएकोले न्यूनतम १० प्रतिशत युवा इन्जिनियरलाई परियोजनामा कार्य गर्न अवसर दिने व्यवस्था मिलाउनेछौं ।

– बेरोजगार इन्जिनियरहरुको समस्या समाधान गर्न एनईए भित्र रोजगार सूचना आदानप्रदान केन्द्र स्थापनाको साथै परामर्शको समेत व्यवस्था मिलाइ प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउनेछौं ।

– सर्वसुलभ इन्जिनियरिङ शिक्षाको लागि शुल्कमा एकरुपता कायम हुने गरी इन्जिनियरिङ शिक्षा अध्ययन गर्न इच्छुक कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई सहुलियत ऋण उपलब्ध गराउनको लागि लागि सहजकर्ताको भूमिका निर्वाह गर्नेछौं ।

– इन्जिनियरहरुको स्वास्थ्य तथा दुर्घटना बिमाको व्यवस्थाको लागि प्रभावकारी पहल गर्नेछौं ।
छ। नेपाल भ्यालुयर्स एसोसिएसनसँग सहकार्य गरी अन्य मूल्याङ्कन क्षेत्रको पहिचान गर्ने, मूल्याङ्कनकर्ताको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुको साथै नेपाल भ्यालुयर्स एसोसिएसन (एनभिए)मा आवद्ध सदस्यहरुबाट मात्र मूल्याङ्कन कार्य अघी बढाउन पहल गर्नेछौं ।

– आर्किटेक्टहरुको संस्था सोनाले अगाडि सारेको आर्किटेक्ट काउन्सिल गठन गर्ने प्रस्तावको समर्थन गर्दै आवश्यक सहयोग र समन्वय गर्नेछौं ।

– नेपाल इन्जिनियर्स एसोसिएसनसँग आबद्ध रहेका अन्य संघसंस्थाहरुसँग सहकार्य गर्दै इन्जिनियरिङ क्षेत्रको विकासमा जोड दिनेछौं ।
– गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि इन्जिनियरिङ तथा प्राविधिक विश्वविद्यालय स्थापनाको लागि भइरहेको पहललाई निर्णायक बनाउन नेपाल इन्जिनियर्स एसोसिएसनको तर्फबाट आवश्यक पहल गर्नेछौं ।

– आङ्गिक इन्जिनियरिङ तथा प्राज्ञिक क्याम्पस नभएका प्रदेशहरुमा आङ्गिक क्याम्पस स्थापनाको लागि राज्य पक्षसँग आवश्यक पहल गर्नेछौं ।

– निजी क्षेत्रमा सेवारत रहेका इन्जिनियरहरुलाई न्यूनतम सरकारी स्केक बराबरको तलब प्रदान गर्न एवं वृत्तिविकासको लागि राज्यसँग नीतिगत रुपमा प्रभावकारी पहल गर्नेछौं ।

– नेपाल सरकारका विभिन्न निकायहरुमा इन्जिनियरहरुलाई छैठौं तहमा नियुक्त गरिएकोमा यस व्यवस्थालाई खारेज गराई सातौं तहमा नियुक्ति गर्नको लागि सशक्त कदम चाल्नेछौं ।

– इन्जिनियरहरुलाई अनुसन्धानमूलक कार्य गर्न प्रोत्साहित गर्न नेपाल इन्जिनियर्स एसोसिएसनमा रहेको अनुसन्धान कोषलाई कार्यान्वयनमा ल्याउनेछौं ।

– शैक्षिक संस्थाहरुलाई रोजगारदाताहरुसँग सम्पर्क स्थापनाको लागि सहजीकरण गरी जब प्लेसमेन्टको लागि सहजकर्ताको भूमिका निर्वाह गर्नेछौं ।

– विभिन्न सरकारी संस्थामा इन्जिनियरिङ सेवाको दरबन्दी बढाउन पहल गर्नेछौं ।

– विकास कार्यमा संलग्न इन्जिनियरहरुलाई अनावश्यक दबाब एवं अमानवीय कार्य हुन नदिन राज्यका निकायको ध्यान आकर्षित गर्न सधैं चनाखो रहनेछौं ।

– इन्जिनियरहरुको अनिवार्य रुपमा सामुहिक बिमा कार्यक्रमको लागि आवश्यक पहल गर्नेछौं ।

– सबै प्रदेशमा नेपाल इन्जिनियर्स एसोसिएसनका प्रादेशिक भवन निर्माणको लागि पहल गर्नेछौं ।

– नेपालमा भएका राष्ट्रिय स्तरका विकास आयोजनाहरुको अभिलेख राख्नेछौं ।

– महिला इन्जिनियरहरुलाई एसोसिएसनका गतिविधिहरुमा थप सहभागि गराई सक्रिय बनाउने, सबै प्रदेशमा महिला इन्जिनियरिङ समाज स्थापनाको लागि पहल गर्नुको साथै काम गर्नको लागि सुरक्षित वातावरण सृजनाको लागि पहल गर्नेछौं ।

– नेपाल इन्जिनियर्स एसोसिएसनमा डिजिटल पुस्तकालयको स्थापनाको लागि पनि हामीले पहल गर्नेछौं ।

आदरणीय इन्जिनियर महानुभावहरु इन्जिनियरिङ पेशागत प्रतिनिधित्वको लागि प्रतिबद्ध हाम्रो लोकतान्त्रिक इन्जिनियर समूहले मात्र प्रभावकारी रुपमा हाम्रा सङ्कल्पहरु पूरा गर्न सक्छ भन्ने कुरा विगतका उपलब्धिहरुले प्रष्ट पारिसकेका छन् ।

पेशागत मर्यादा, हकहित दुवैलाई एकअर्काका परिपूरकको रुपमा लिँदै सन्तुलित रुपमा नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय एवं प्रादेशिक समितिहरुलाई प्रभावकारी रुपमा अघी बढाउन, नेपाली इन्जिनियरहरुलाई मुख्य केन्द्रबिन्दुमा राखी अघी बढेको हाम्रो लोकतान्त्रिक इन्जिनियर समूहलाई अमूल्य मत दिई विजयी गराउनुहुनेछ भन्ने विश्वस्त रहँदै यहाँहरुलाई विनम्र आह्वान गर्दछु । धन्यवाद । नमस्कार

भिडियाे हेर्न याे लिङ्क क्लिक गर्नुहाेला ।

https://drive.google.com/file/d/1uHM6YPbtDPt5wiiJnf9OuIm2uSANWXF3/view?usp=sharing

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij