२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जनताका आवश्यकता सम्बाेधन गर्न एमालेकाे विकल्प छैनः नेता बिष्ट

जनताका आवश्यकता सम्बाेधन गर्न एमालेकाे विकल्प छैनः नेता बिष्ट

 

काठमाडौं । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि जसरी पनि नेकपा-एमालेकाे विजय हुनुपर्ने बताएका छन् ।

बढ्दाे बेराेजगारी, वर्गीय विभेद, सामाजिक असन्तुलन, आपसी द्वन्द्व र सामाजिक न्याय लगायत पक्षलाइ सम्बाेधन गर्न सक्ने नेपाली राजनीतिकाे दल नेकपा एमाले नै रहेकाे उनले बताएका छन् । साथै उनले अन्य दलहरु नेकपा एमालेसँग निर्वाचनमा अलग-अलग भिड्न डराएकै कारण गठबन्धन बनाएकाे बताउँदै नेकपा एमाले अलग्गै चुनावमा लड्दा पनि अरुलाइ परास्त गर्न सफल हुने समेत बताए ।

शनिबार गुल्मी काठमाडाैं सम्पर्क मञ्चले आयाेजना गरेकाे ११औं सम्मेलनलाइ प्रमुख अतिथिका रुपमा सम्बाेधन गर्दै विष्टले साे कुरा बताएका छन् ।

नेकपा एमालेले सपना मात्र बाँडिरहेकाे भन्ने आराेपकाे खण्डन गर्दै अहिले एमालेले असम्भव सपना नबाँडेकाे र केवल नेपाली जनताहरुका दैनिक आवश्यकतासँग जाेडिएका गास, बास, शिक्षा, स्वास्थ्य, राेजगारी, सामाजिक न्याय लगायत पक्षसँग सम्बन्धित सपनाहरु मात्र अघी सारेकाे समेत बताए ।

मुलुकलाइ सन्तुलित रुपमा विकास गर्न सकेकाे खण्डमा नेपालकाे उपलब्ध स्राेतसाधन प्रयाेग गरेर नेपाललाइ विकसित देशकाे रुपमा स्थापित गर्न लामाे समय नलाग्ने समेत उनले स्पष्ट पारे ।

साथै अहिले नेपालमा ठूलाे परिमाणमा युवा जनशक्ति रहेकाे र अहिले नै मुलुकलाइ सन्तुलित तवरले विकास गरेर प्रति व्यक्ति आय एवं कुल ग्राहस्थ उत्पादन वृद्दि गर्न नसकिए आगामी २ दशक पछि अहिलेका युवा ६० बर्ष उमेर काट्ने त्यसपछिकाे अवस्था अहिलेकाे तुलनामा निकै विकराल हुने, राज्यकाे व्ययभार बढ्ने र हामीले अकल्पनीय परिणाम भाेग्नुपर्ने अवस्थाकाे समेत बिष्टले पूर्वानुमान लगाए ।

सम्पर्क मञ्चकाे भेलामा उत्प्रेरक अभिव्यक्ति दिएका बिष्टले आगामी दिनमा सहकार्य र सहमतिबाट अघी बढ्नुपर्ने समेत बताए ।

नयाँ नेतृत्व चयनकाे लागि भएकाे शनिवारकाे भेलामा अध्यक्ष लगायत केही महत्वपूर्ण पदहरुमा सहमति नजुटेपनि कार्यसमिति सदस्य लगायत अधिकांश पदमा भने शनिवार नै सहमति जुटिसकेकाे छ । साेमबारकाे बैठकले सम्पर्क मञ्चलाइ पूर्णता दिने कार्यक्रम तय गरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij