२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बेलायतमाथि रुसको निशाना

बेलायतमाथि रुसको निशाना

रूसको विदेश मन्त्रालयले युक्रेनलाई मदत गरेकोमा बेलायत सरकारलाई प्रत्यक्ष रूपमा लक्षित गर्दै एउटा बयान जारी गरेको छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले कीभमा बेलायतको सहयोग लाई रुसले भुल्न नहुने बताइन् ।

रूसी सञ्चार माध्यमका अनुसार उनले यसलाई “युक्रेनको अति राष्ट्रवादी शक्ति” भनी वर्णन गरेकी छन् । मारियाले भनिन्, “प्रतिबन्धको हिस्टेरियामा लण्डनले प्रमुख नभए पनि भूमिका निर्वाह गरेको छ । यसले गर्दा हामीले प्रतिकूल कदम चाल्नुबाहेक अरू विकल्प छैन।”

युक्रेनमा साधारण जनताको लागि खतरा रूसी सेनाबाट नभएर “युक्रेनी राष्ट्रवादीहरू”बाट भएको रुसको ठहर छ । रुसी हमलाका बीच ब्रिटेन सरकारले युक्रेनलाई हतियार र आर्थिक सहयोग दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij