२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

इन्जिनियर एसाेसिएसनको चुनावमा मूलधारबाट छैन नेवार समुदायको प्रतिनिधित्व

इन्जिनियर एसाेसिएसनको चुनावमा मूलधारबाट छैन नेवार समुदायको प्रतिनिधित्व

काठमाडौं । यही फागुन २७ गते हुन लागेकाे नेपाल इन्जिनियर्स एसाेसिएसनकाे चुनावलाइ लक्षित गरी यतिबेला इन्जिनियरहरु चुनावी दाैडधुपलाइ तीव्र बनाइरहेका छन् ।

यसपटककाे निर्वाचनमा विभिन्न ५ प्यानलमा उम्मेदवारहरु चुनावी मैदानमा खटिएका छन् ।

सबै समूह यथाेचित रुपमा समावेशी हुन सकेका भने छैनन् ।

यसपटककाे नेपाल इन्जिनियर एसाेसिएसनकाे निर्वाचनमा मूलधारको राजनीति निकट मानिने सिडेन, पिन लगायतका संगठनले नेवार समुदायको प्रतिनिधित्व नै गराएका छैनन् ।

नेवार समूदायबाट इन्जिनियरिङ क्षेत्रमा संलग्न इन्जिनियरहरुकाे सङ्ख्या ठूलाे रहँदारहँदै र वैचारिक आस्था राख्ने व्यक्तिहरु समेत इन्जिनियरिङ क्षेत्रमा हुँदाहुँदै पनि आफूहरुलाइ स्थान दिन नसकेकाेमा नेवार इन्जिनियरहरुले चित्त दुखाएका छन् ।

नाम उल्लेख नगर्ने सर्तमा नेवार समुदायका एक जना इन्जिनियरले भने, ′हाम्राे समुदायलाइ मूलधारका राजनीति निकट मानिने संगठनहरुले स्थान दिएनन् । हाम्राे सिङ्गाे समुदायकाे प्रतिनिधित्व नेपाल इन्जिनियर्स एसाेसिएसनकाे चुनावमा नहुँदा हामी वैचारिक रुपमा आस्थावान् रहँदारहँदै पनि हाम्राे समुदायकाे प्रतिनिधित्व रहेकाे गैरराजनीतिक प्यानललाइ समर्थन गर्नुपर्ने स्थितिमा हामी छाैं । हामी नेवारहरुकाे सबैभन्दा बढि प्रतिनिधित्व गरेकाे प्यानलकाे रुपमा हामीले लाेकतान्त्रिक इन्जिनियर समुदायलाइ पाएका छाैं ।′

आफ्नाे समुदायकाे प्रतिनिधित्व नभएकाे भन्दै रुष्ट बनेका नेवार समुदायकाे मत मूलधारका राजनीतिक संगठनलाइ प्राप्त हुन नसक्दा यसकाे प्रत्यक्ष प्रतिकुल प्रभाव निर्वाचनकाे मत परिणाममा पनि पर्न जाने आँकलन गर्न सकिन्छ ।

यसपटक हुन लागेको नेपाल ईन्जिनियर्स एसाेसिएसनकाे निर्वाचनमा सबैभन्दा बढी विधा, वर्गसमुदाय, लिङ्ग, भूगाेल लगायतकाे समावेशीमूलक प्रतिनिधित्व हुने गरि इ् ‍दिलीप कुमार झा नेतृत्वकाे लाेकतान्त्रिक ईन्जिनियर समूहले उम्मेदवारहरू मैदानमा खटाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij