२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

संसद अवरुद्ध भइरहे मंसिर भन्दा पहिले नै निर्वाचन हुनसक्छः गगन थापा

संसद अवरुद्ध भइरहे मंसिर भन्दा पहिले नै निर्वाचन हुनसक्छः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आम निर्वाचन मंसिरअघि नै हुनसक्ने बताएका छन्। उनले नेकपा एमालेले संसद् अवरोध गर्दै गए त्यो सम्भावना रहेको बताएका हुन्।

‘आम चुनाव मंसिरमा हुन्छ वा त्यसभन्दा पहिला हुन्छ, मलाई थाहा छैन। संसद् यसै गरी चल्दै गयो, संसद् यसै गरी चल्न नदिने अवस्था बनिरह्यो। संसद्को उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने त्यसबेलामा संसद् किन चलाइराख्ने भन्ने प्रश्न उठ्न सक्छ। त्यो बेलामा चुनाव अगाडि हुन पनि सक्छ’, कांग्रेस निकट निजामति कर्मचारी युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले भने।

उनले एमालेले गरिरहेको संसद् अवरोधको सन्दर्भमा आफूहरुले संवाद गरिरहेको बताए। फकाउने कोसिस गरिरहेको, संसद्‌मा आउनुस् भनिरहेको उनको भनाइ छ। आम चुनावमा यस पटक आफूहरुले सानदार ढंगले जितेर आएर पाँच वर्ष सरकार चलाउने उनले बताए।

उनले स्थानीय तहको निर्वान वैशाख ३० गते नै गराइने थापाको भनाइ छ। ‘स्थानीय निर्वाचनको बारेमा कहिलेकाहीँ कसैले व्यक्तिगत रुपमा केही भनेको पढेको सुन्छु। तर संविधान लेखेर आएको सदस्यमध्ये एक हुँ। यो संविधानले, नियमले, ऐनले, कानुनले हामीलाई निर्वाचन एकदिन पनि तलमाथि गर्ने छुट दिएको छैन। वैशाख ३० गते कांग्रेसले निर्वाचन गराउँछ। र त्यसपछि हामी आम चुनाव गराउँछौँ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij