२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सहकाेषाध्यक्षमा मेराे जित सुनिश्चित छः सञ्जय महताे

सहकाेषाध्यक्षमा मेराे जित सुनिश्चित छः सञ्जय महताे

सञ्जय महताे, सहकाेषाध्यक्ष पदका उम्मेदवार

काठमाडौं । लामो समय देखि इन्जिनियरिङ क्षेत्रमा संलग्न रही काम गर्दै आएका एक सफल पात्र हुन् सञ्जय महताे । बहुआयामिक एवं प्रतिभाशाली व्यक्तिको रूपमा आफूलाई स्थापित गर्दै लगेका महताे मूलतः ईन्जिनियरिङ धितो मूल्याङ्कनकर्ताकाे रूपमा चिनिन्छन्।

पछिल्लो समय उनी सामाजिक अभियानहरूमा पनि सक्रिय बन्दै गएका छन् ।
जनकपुर स्थायी घर भइ अध्ययनको लागि काठमाडौं प्रवेश गरेका महतो उच्च शिक्षामा ईन्जिनियरिङ विधाको अध्ययन सँगै व्यावसायिक रूपमा समेत सोही क्षेत्रमा संलग्न हुन पुगे ।

कुशल व्यवस्थापन एवं नेतृत्वदायी क्षमताका महतो जुन क्षेत्रमा संलग्न हुन्छन् त्यहाँ सफल नै हुने गरेका छन् ।

यसपटक नेपाल ईन्जिनियर्स एसोसिएसनको बआसन्न ३३ कार्यसमितिको लागि हुन लागेको निर्वाचनमा उनले सहकोषाध्यक्ष पदको लागि उम्मेदवारी दिएका छन् । उक्त पदमा आफ्नो जित सुनिश्चित रहेको महतो बताउँछन् ।

सम्पूर्ण नेपाली ईन्जिनियरहरूको साझा संस्था नेपाल इन्जिनियर्स एसोसिएसनलाइ थप गतिशील बनाउनुपर्ने, विधागत इन्जिनियरहरूका समस्या सम्बोधन गर्ने गरी सबैको साझा थलोका रूपमा ईन्जिनियर्स एसोसिएसनलाई स्थापित गर्नुपर्ने, ईन्जिनियरिङ क्षेत्रका समग्र समस्याहरू समाधान गर्दै ईन्जिनियरिङ क्षेत्रलाई व्यवस्थित गर्दै लैजाने लगायतका गतिविधिहरूलाई महतोले आफ्नो चुनावी एजेण्डाका रूपमा अघि सारेका छन् ।

आफू सदैव ईन्जिनियर साथीहरूको साथमा रहँदै आएकोे र यसपटक पनि आफ्ना शुभचिन्तकहरूको आग्रहमा नै आफूले उम्मेदवारी दिएको समेत महतोले सेतोघर डट कमलाई बताए ।

अब एसोसिएसनलाई थप चलायमान बनाउन एसोसिएसनमा पार्टी राजनीतिको वकालत गर्ने भन्दा पनि खास ईन्जिनियरिङ क्षेत्रमै समर्पित रही सबैलाई न्याय दिलाउन सक्ने व्यक्तिको आवश्यकता रहेको महतो दाबी गर्छन् । आफ्नो उम्मेदवारी पनि त्यही उद्देश्यले दर्ता गराएको र ईन्जिनियरिङ क्षेत्रका बहुसंख्यक व्यक्तिहरूको साथसहयोग आफूलाई प्राप्त भएकोले आफू विजयी हुनेमा विश्वस्त रहेको महतोको दाबी छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij