२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मंचको प्रतिनिधि छनोट सम्पन्न

नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मंचको प्रतिनिधि छनोट सम्पन्न

काठमाडौं । नेकपा एमाले अर्घाखाँची काठमाडौं सम्पर्क मंचले सम्मेलनका लागि काठमाडौंमा प्रतिनिधि छनोट सम्पन्न गरेको छ । सम्मेलन आउदो शनिबार हुँदै छ । यसका लागि अर्घाखाँची काठमाडौं सम्पर्क मंचले सम्मेलनको लागि प्रतिनिधि छनोट सम्पन्न गरेको हो ।

६ पालिका रहेको अर्घाखाँचीमा सम्पर्क कमिटीको सदस्यको अनुपातको संख्याको आधारमा प्रतिनिधि छनोट कार्य सम्पन्न भएको संयाेजक बिशाल मिश्रले जानकारी दिए ।

३ नगरपालिका ३ गाउँपालिका रहेको अर्घाखाँचीमा सम्मेलनको लागि ६०० प्रतिनिधि छनोट भएका छन् ।

सम्पर्क कमिटीको संगठित सदस्यका आधारमा छनोट भएको र बाँकी १० जना कार्य समितिकाे बैठकबाट मनोनीत गरिने संयाेजक मिश्रले बताए

अधिवेशनका लागि ३३ प्रतिशत महिला प्रतिनिधि र १३ प्रतिशत दलित प्रतिनिधि छनोट भएका छन् विभिन्न क्षेत्रमा सफल युवा विज्ञ पुरानो पुस्ता लगायत र जनजातिको संख्या पनि प्रतिनिधिमा राम्रो छनोट भएको मंचले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij