काठमाडौँ – काठमाडौँकाे चन्दागिरि नगरपालिका- १५ ढुंगेअड्डास्थित कालिका पेट्राेल पम्प अगाडि शंकास्पद वस्तु फेला परेकाे छ।
पेट्राेल पम्पअगाडि सडक पेटीमा जेब्रा झोला र बोरामा राखिएकाे अवस्थामा दुईवटा शंकास्पद वस्तु फेला परेकाे हाे। उक्त शंकास्पद वस्तु एमसीसी खारेज गर लेखिएको ब्यानरले छोपिएकाे महानगरीय प्रहरी परिसर काठमाडौँले बताएकाे छ। परिसरका अनुसार शंकास्पद वस्तु कुकर बम जस्तो देखिन्छ।
घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेनाको बम डिस्पोजल टीम पुगिसकेकाे छ। उक्त वस्तु डिस्पाेज गर्ने तयारी भइरहेकाे परिसरले जनाएकाे छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij