२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेकपा (एकीकृत समाजवादी) द्वारा एमसिसीविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) द्वारा एमसिसीविरुद्ध बुटवलमा प्रदर्शन

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले बुटवलमा एमसिसीविरुद्ध प्रदर्शन गरेको छ । सो पार्टीले आइतबार विरोध प्रदर्शन गरेको हो ।

सो पार्टीका कार्यकर्ताहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको भन्दै लागू गर्न नमिल्ने बताए । उक्त सम्झौता राष्ट्रविरुद्ध भएको भन्दै उनले कुनै पनि हालतमा स्वीकार्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij