२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

आयुर्वेदलाई पुनः गौरवमय स्थान दिलाउनुपर्नेमा जोड

आयुर्वेदलाई पुनः गौरवमय स्थान दिलाउनुपर्नेमा जोड

अञ्चल आयुर्वेद औषधालय,जयबागेश्वरी,काठमाडौँको आयोजना तथा स्थानीय हाम्रो रामकोट वचत तथा ऋण सहकारी संस्थाको सहयोगमा शनिबार नागार्जुन नगरपालिकाको फस्कुमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन गरियो । कार्यक्रममा करीब ४००नगरबासीको निःशुल्क स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको थियो ।

कार्यक्रममा उपस्थित अञ्चल आयुर्वेदिक औषधालयका कविराज निरीक्षक डा. श्रवण कुमार श्रेष्ठले आयुर्वेद एक महान चिकित्सापद्धति भएको बताउँदै यसलाई पुनः गौरवमय स्थान दिलाउनुपर्नेमा जोड दिए ।

एलोपेथिक औषधिमा जस्तो आयुर्वेदले कुनै साइड इफेक्ट गर्दैन,यो हाम्रो मौलिक चिकित्सापद्धति हो । उनले भने ।इचङ्गुनारायण आयुर्वेद औषधालयकी इञ्चार्ज मीना दुवाडीले आयुर्वेदप्रति मानिसहरुको आकर्षण बढिरहेकाले यसलाई प्रवद्र्धन गर्न राज्यले सहयोग गर्नुपर्ने बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij