
अमृत भण्डारी, प्रिन्सिपल
काठमाडाैं । सुरक्षित, स्वच्छ, एवम् शान्त वातावरणमा बालमैत्री शिक्षा प्रदान गर्दै आइरहेको काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं-०८ शान्तिटोलमा अवस्थित मेगा पब्लिक स्कूल शैक्षिक धरोहरको रुपमा सबैको मन-मुटुमा बस्न सफल विद्यालय हाे |
विभिन्न संघ-संस्थासँग आवद्ध युवा उद्यमशील समुह, पी.एच.डी स्कोलर लगायत स्नातोकोत्तरमा दक्षता हासिल गरेका व्यक्तिहरु संलग्न रहेकाे यस विद्यालयले सैद्धान्तिक शिक्षाकाे अलावा व्यावहारिक एवं प्रयाेगात्मक शिक्षालाइ समेत जाेड दिँदै आइरहेकाे छ । Education Pedagogy को विशेष ज्ञान बोकेका जाेशिला युवाहरुबाट सञ्चालित यस विद्यालयको व्यवस्थापन पक्ष समाज रुपान्तरणको पक्षमाउभिएको छ ।
यस विद्यालयले आफूलाइ पछिल्लाे समय निकै उत्कृष्ट बनाउँदै लगेकाे छ । छोटो समयमानै खेलकुद तथा सांस्कृतिक क्रियाकलापमा नगर भित्रका ६० भन्दा बढी स्कुललाई पछाडी पार्दै नगर प्रथम स्थान हासिल गर्न देखि काठमाडौँ जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगितामा समेत विद्यालयले जिल्ला प्रथम स्थान हासिल गरिसकेको छ ।
मेगा पब्लिक स्कूल नविनतम कार्य मार्फत अभिभावक, शिक्षक-शिक्षिका, Social Leaders हरु सँग अन्योन्याश्रित सम्बन्ध स्थापित गर्नमा अब्बल सावित बन्दै गएकाे छ । विद्यालयले बालबालिकाको व्यवहारिक बनाउँदै जीवनपयोगी शिक्षा, विश्वास, आचरण, स्वभावलाई सतहमा नराखी उच्च मुल्यांकन गर्दै उच्च प्रतिस्पर्धीमाझ डटेर, जुधेर अघि बढ्ने क्षमता विकासकाे लागि उचित वातावरण सृजना गर्नुकाे अलावा आवश्यक भूमिका समेत निर्वाह गर्दै आएकाे छ ।
यस विद्यालयले विद्यार्थीहरुको शारीरिक, मानसिक, सामाजिक, भाषिक, सोच्ने र समाधान गर्ने विकासका लागि हरेक किसिमका गतिविधिलाई प्रश्रय दिँदै विद्यार्थी केन्द्रित सिकाइकाे माध्यमबाट उनीहरुको सर्वाङ्गिण विकासका निमित्त काम गर्दै आइरहेको छ ।
मेगा पब्लिक स्कुलले बालबालिकालाई सरल, सभ्य, भाषिक शुद्धताको सिकाइ, लेखाइ, oral orientation, one to one teaching policy and counseling, गृहकार्य, परियोजना कार्य (Project Work), पाठ्यक्रममा रहेको बिषयवस्तुको शिक्षण सिकाइलाइ दिगो विकास (SDGs), सामाजिक शैक्षिक गतिबिधि लगायत विषयमा जोड दिँदै आइरहेको छ ।
विश्वव्यापी उब्जिएको समस्याप्रतिको सजकता, विज्ञान-प्रविधि प्रतिको प्रतक्ष रचनात्मक सिकाइ, एक आपसमा मिलेर गरिने कुशल सिकाइ लगायत जीवनमा स्वालम्वी बन्न अनेक पद्दतिबाट सिक्ने सिकाउने काम गर्दै आएकाे छ । यस स्कूलले हरेक बालबालिकाको लक्ष्य, कल्पना, उद्देश्य, रणनीति, कार्यान्वयन र सफलता प्रति दृढ संकल्पका साथ अघि बढिरहेको छ ।
विद्यार्थीले जब स्कूलको कार्यशैली, प्रभावकारी उद्देश्य र विश्वासलाई आत्मसाथ गरि अघिबढ्नेछन् तब मात्र उनीहरुको ब्यक्तित्वमा आत्मविश्वास, पठन-पाठनमा सफलता, दाहित्व वहन क्षमता सहित बाह्य तथा आन्तरिक ज्ञान हासिल गर्नकाे लागि, खुला रुपमा सोच्ने र निर्णय लिने क्षमता स्वतः वृद्धि हुँदै जान्छ भन्नेमा विद्यालय व्यवस्थापन पक्ष पूर्ण विश्वस्त देखिन्छ ।
हरेक बालबालिकाले आफुलाई जन्म दिने बुवा-आमा, जीवन जिउने कला र ज्ञान सिकाउने शिक्षक-शिक्षिका प्रति गर्व गर्न सक्नुपर्दछ भन्ने कुरामा विद्यालयले विशेष जाेड दिँदै आएकाे छ। सीप, संस्कार र प्रविधि सहितको व्यावहारिक शिक्षामा हाम्रो प्रतिबद्दता भन्ने विद्यालयकाे नारालाइ सार्थक बनाउन मेगा पब्लिक स्कुल निरन्तर प्रतिबद्ध रहँदै आएकाे छ ।
(विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इ्. दीपक भण्डारी र विद्यालयका प्रिन्सिपल अमृत भण्डारीसँग गरिएकाे कुराकानीमा आधारित)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij