२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो बार्षिक साधाण सभा सम्पन्न

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो बार्षिक साधाण सभा सम्पन्न

 नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको तेस्रो बार्षिक साधाण सभा तथा दोस्रो अधिबेशन २०७८ माघ ४ गते मंगलबारका दिन सम्पन्न भएकाे छ ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका अध्यक्ष राजन प्रसाद दाहालज्युको सभापतित्व, प्रमुख  अतिथि उद्योग वाणिज्य महासंघका कार्य समिति सदस्य हेमराज ढकालज्युको प्रमुख आतिथ्यता एवं विशेष अतिथिमा उद्योग वाणिज्य महासंघ कार्य समिति सदस्य एवं नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया लगायतकाे उपस्थितिमा अधिवेशन सम्पन्न भएकाे हाे ।
उक्त अधिवेशनमा संघका अध्यक्ष राधाकृष्ण सापकोटा र  महासचिव प्रल्हाद दाहालको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन बागमति प्रदेश सचिब गोपाल प्रसाद तिमिल्सिनाले गर्नु भएको थियो भने  स्वागत मन्तव्य प्रदेश सदस्य एवं नवनिर्वाचित सचीव श्याम घिमिरेज्युले राख्नु भयो भने धन्यवाद ज्ञापन प्रदेश सदस्य एवं नवनिर्वाचित उपाध्यक्ष ध्रुव तिवारीज्युले राख्नु भयो ।
प्रमुख अतिथि ढकालले पानसमा दिप प्रज्जवलन गरि कार्यक्रमको उद्घाटन गर्नु भयो भने सभापति एवं बागमती अध्यक्ष दाहालले आफ्नो प्रतिबेदन प्रस्तुत गर्दै अगाडि नै छलफल गरि भेलाबाट सर्वसम्मत चयन हुनु भएका काठमाडौं जिल्ला र बागमती प्रदेशको समितिको नाम बाचन गर्नुभयो ।
नव निर्वाचित सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुलाई प्रमुख अतिथि, विशेष अतिथि एवं अतिथिज्युहरुले टिका, माला र प्रमाणपत्र प्रदान गर्नु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा केन्द्रिय सचिवालय सदस्य मनोज कुमार घिमिरेले हामी सबै मिलेर मात्र संगठन बलियो बनाउन सकिने कुरा बताउँदै प्रदेश समितिले आफ्नो जिम्मेवारी सफलता पुर्वक निभाएकोमा धन्यवाद दिनुभयो।
निवर्तमान उपाध्यक्ष शन्तोष दाहालले हाम्रो आफ्नो पेशाको हकहितका लागि एसोसिएसनको महत्व अति नै भएको बताउनु भयो ।
काठमाडौं जिल्ला अध्यक्ष अजित बजगाईंले जस्तोसुकै अवस्थामा पनि आफूले पाएको जिम्मेवारी इमानदारीका साथ निभाउने बताउनुभयो।
एसोसिएसनका केन्द्रिय महासचिव प्रल्हाद दाहालज्युले डेरी व्यबसायिहरुको हकहितमा सबै मिलेर लाग्नु पर्ने र एसोसिएसन भनेको सबैको साझा घर हो । त्यसैले सबै मिलि  एसोसिएसनलाई सहयोग गर्नु पर्छ अनि एसोसिएसन अगाडि बढेपछि समग्र दुग्ध क्षेत्रको हित हुन्छ भन्दै सबैलाई एसोसिएसनमा आबद्ध हुन आग्रह गर्नुभयो ।
एसोसिएसनका  केन्द्रिय अध्यक्ष राधाकृष्ण सापकोटाले हालसम्म बागमती प्रदेशले उल्लेख्य रुपमा काम गरि अगाडि बढाएको र नयाँ कार्यसमितिले पनि अझ राम्रो गरि अघि बढ्नुपर्ने बताउनु भयो । बिशेष अतिथि एसोसिएसनका निवर्तमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघका सदस्य सुमित केडियाले हामीलाई  एसोसिएसनले के दियो भन्दा पनि एसोसिएसनलाई हामीले के दियौं भनेर सोच्नु पर्छ ।
साथै डेरी व्यबसायी भनेको अग्रपंक्तिमा बसेर काम गर्नु पर्ने भएकोले कोरोनाको खोप उपलब्ध गराउन सरोकार निकायसंग माग गर्नु भयो । अन्तमा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका सदस्य हेमराज ढकालज्युले डेरी व्यब्सायीको छाता संगठनले गरेको हरेक पाइलामा साथ दिने र बुस्टर डोज खोप उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्दै नव निर्वाचित काठमाडौ जिल्ला समिति एवं  बागमती प्रदेश समितिलाई बधाई तथा सुभकामना ब्यक्त गर्नु भयो । अन्त्यमा निवर्तमान अध्यक्ष राजन दाहालले आफ्नो पद हस्तान्तरण गर्नु भयो भने नवनिर्वाचित अध्यक्ष टिका घिमिरेले आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै कार्यक्रम सकियोको जानकारी गराउनु भयो । दिवा भोजसँगै कार्यक्रमको अन्त्य भयो ।
नव निर्वाचित बागमति प्रदेश समितिका पदाधिकारीहरु निम्न छन्ः
अध्यक्ष -टिका प्रसाद घिमिरे
उपाध्यक्ष  गोपाल तिमल्सिना
उपाध्यक्ष ध्रुव तिवारी
सचिब श्याम कुमार घिमिर
कोषाध्यक्ष – सुदर्शन  घिमिरे
सह सचिब – रबिन्द्र हुमागाईं
सह कोषाध्यक्ष -राजकुमार वाइबा
सदस्य-कुमार ढकाल
सदस्य -भानुभक्त श्रेष्ठ
सदस्य – ज्ञानराज लामा
सदस्य योगनाथ फुँयाल
अध्यक्ष :अजित बजगाईं
उपाध्यक्ष :  लिलानाथ दहाल
सचिब : शिब प्रसाद तिमिल्सिना ( बिदुर )
कोषाध्यक्ष : अरुण महर्जन
सदस्य : चेतनाथ दाहाल  ( केदार )
सदस्य बालकृष्ण न्यौपाने
सदस्य जयराम घिमिरे

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij