नयाँ दिल्ली : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप १ लाख ७९ हजार ७२३ जना व्यक्ति संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना सुरु भएदेखि हालसम्म ३ करोड ५५ लाख २८ हजार भन्दा बढी संक्रमित भइसकेका छन् । पछिल्लो समय कोरोना संक्रमण दर उच्च गतिमा बढिरहेको छ ।
अहिले ओमिक्रोन संक्रमित संख्या पनि ४ हजार ३३ जना पुगेको मन्न्त्रालयले जानकारी दिएको छ । कोरोना संक्रमित अवस्थामै रहेकाको संख्या ७ लाख २३ हजार ६१९ रहेका छन् । गएको २४ घण्टामा ४६ हजार ५६९ कोरोनाबाट मुक्त भएका छन् । यहाँ संक्रमणबाट निको हुने दर ९६.६२ प्रतिशत रहेको छ । यसअवधिमा १४६ जनाको ज्यान गएको छ ।
यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८३ हजार ९३६ जना पुगेको छ ।हालसम्म ६९ करोड १५ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । भारतमा सन् २०२१ जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको हो । हालसम्म १ अर्ब ५१ करोड ९४ लाख ५ हजारभन्दा बढी डोज खोप लगाइसकिएको छ ।
रासस–एएनआई
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij