२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

समग्र कृषि क्षेत्रको सुधारमा खाद्य बैंकको भूमिका महत्वपूर्ण रहनेछः उप्रेती

समग्र कृषि क्षेत्रको सुधारमा खाद्य बैंकको भूमिका महत्वपूर्ण रहनेछः उप्रेती

शङ्करनाथ उप्रेती, कार्यकारी अध्यक्ष, राष्ट्रिय खाद्य बैंक लिमिटेड

विश्व प्रविधिको विकास सँगै नयाँ तवरले अघी बढिरहेको छ । त्यसले अन्य क्षेत्रहरुमा उत्पादकत्व बढाउन प्रत्यक्ष भूमिका निर्वाह गरेपनि नेपालको सन्दर्भमा कृषि क्षेत्रले भने नवविकसित प्रविधिको लाभ जुन रुपमा उठाउनुपर्ने थियो, त्यस किसिमले उठाउन सकेको छैन । नेपालमा कृषिजन्य उत्पादनहरु अहिले सम्म परम्परागत तवरबाट नै उत्पादन हुँदै आएका छन् । यसको उत्पादकत्व बर्षेनी घट्दो छ । नेपाली युवाहरु कृषिमा संलग्न हुन तयार छैनन् । दैनिक आवश्यकताका वस्तुहरु भएर पनि कृषि क्षेत्रमा युवाहरुको आकर्षण बढ्न नसक्नु नै अहिेको हाम्रो दुखद स्थिति बनेको छ ।

कृषिलाई मर्यादित र सम्मानित पेशा बनाउनुपर्छ भन्ने सम्बन्धमा विभिन्न संघसंस्था तथा राजनीतिक दलहरुले समेत आवाज उठाउँदै आएका भएपनि यसलाई कसैले पनि सुधार्न उचित भूमिका खेल्न सकेका छैनन् । यसै परिवेशलाई विचार गर्दै नेपालमा कृषिको उत्पादकत्व बृद्धि, बजारीकरण र नयाँ सम्भाव्यताको खोजी गर्ने उद्देश्यले भर्खरै नेपालमा राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना गरिएको छ ।

कृषि क्षेत्रको सुधारको उद्देश्यले स्थापना भएको नेपालको पहिलो बैंक हो राष्ट्रिय खाद्य बैंक । साँच्ची सही अर्थमा कृषि क्षेत्र सुधार गर्ने र किसानलाई सम्मानित नागरिकको रुपमा विकास गर्ने नीति यस बैंकले तय गर्दैछ । यसको लागि बैंकले विभिन्न तवरले प्रत्यक्ष भूमिका निर्वाह गर्नुपर्नेछ । सबैभन्दा महत्वपूर्ण कार्य भनेको राज्यको कृषि प्रतिको दृष्टिकोण बदल्नमा सहयोग पुग्ने गरी कृषि नीति परिमार्जन गराउनु नै यस बैंकको पहिलो र सबैभन्दा महत्वपूर्ण कदम हुनेछ ।

कृषि क्षेत्रमा काम गर्दै आएका कृषक, विषयगत विज्ञहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, उद्योगी, व्यवसायी तथा कृषि क्षेत्रको व्यावसायिकरणमा संलग्न कम्पनीहरु, वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु लगायतको संलग्नता रहेको यस बैंकले अहिले संस्थापक शेयरधनी वृद्धि गर्दै लगेको छ । यस बैंकका कार्यकारी अध्यक्ष शङ्कर उप्रेती विगत १७ बर्ष देखि विभिन्न कृषिजन्य गतिविधिहरुमा संलग्न रहँदै आउनुभएका जागरुक कृषक हुनुहुन्छ । लामो समय कृषि क्षेत्रमा संलग्न रहने क्रममा आफूले देखेभोगेका समस्याहरुलाई व्यक्तिगत तवरले दिगो निकास दिन सक्ने स्थिति नरहेको बुझेर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई संगठित गर्दै अहिलेको खाद्य बैंकको अवधारणा अघी बढेको उप्रेती बताउनुहुन्छ ।

राष्ट्रिय खाद्य बैंकको उद्देश्य
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले राष्ट्रिय खाद्य बैंक अघी बढेको छ । तत्काल सम्भव नभएपनि बिस्तारै अर्गानिक उत्पादनहरुको पहुँच नेपाली बजारमा बढाउनुपर्ने नीति यस बैंकले लिएको छ । कृषि क्षेत्रमा विभिन्न समस्याहरु रहेको र ती समस्याहरु सबै एकै पटकमा सम्बोधन गर्न नसकिने भएकोले शुरुमा पाइलट प्रोजेक्टको रुपमा विभिन्न ठाउँमा आफैंले जग्गा लिज्डमा लिएर कृषिजन्य वस्तुहरु उत्पादन गर्ने र बिस्तारै कृषक वर्ग तथा यस सम्बन्धी काम गर्ने संघसंस्था, कृषि सहकारी र समूहहरुलाई जोड्दै लैजाने नीति बैंकले लिएको छ ।

कम्पनीको लगानी र शुरुवाती अवस्था
हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब रहेको छ । हाल करिब ७०० लगानीकर्ताहरु समेटिएको यस कम्पनीले अहिले सम्ममा २२ जिल्लामा सञ्जाल विस्तार गरिसकेको छ । बर्दियाको गुलरियामा आफैंले जग्गा भाडामा लिएर पाइलट प्रोजेक्टको रुपमा विभिन्न कृषिजन्य वस्तुहरुको उत्पादन शुरु यसले शुरु गरिसकेको छ । यस कम्पनीमा अहिले विभिन्न क्षेत्रका गरी करिब २ सय ५० विशेषज्ञहरु जोडिनुभएको छ ।

माछामासु, फलफूल, तरकारी, दाल, चामल लगायत सबैजसो वस्तुहरु उत्पादनको लागि आफ्नै सञ्जालबाट काम गर्ने, कृषकहरुलाई त्यसको निम्ति उत्प्रेरित गर्ने, कृषिजन्य उत्पादनको भण्डारण, प्र्रशोधन, प्याकेजिङ सहित बजारीकरणको समेत व्यवस्था गर्ने उद्देश्यले यस कम्पनीको स्थापना गरिएको हो ।

अहिले नेपालमा कृषकहरुले उत्पादन गरेका सामानहरु उपभोक्ताको पहुँचसम्म पु¥याउन नसकिएको स्थिति एकातिर छ भने अर्कोतिर उपभोक्ता महँगोमा गुणस्तरहीन आयातित वस्तु प्रयोग गर्न बाध्य भएको स्थिति छ । यस्तो अवस्थालाई सम्बोधन गर्न खाद्य बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

विगतमा व्यक्तिगत तवरबाट चितवनमा कृषि कार्यमा संलग्न रहँदै आउनुभएका व्यक्ति हुनुहुन्छ शङ्करनाथ उप्रेती । चितवनमा ३५ विघा क्षेत्रफल जग्गामा माछा पालन गर्दै आउनुभएका उहाँले २ सय भन्दा बढी गाई पालन समेत गर्दै आउनुभएको थियो । यद्यपि व्यक्तिगत तवरबाट मात्र काम गरेर कृषिमा ठूलो परिवर्तन ल्याउन नसकिने कुरालाई विचार गरेर नेपालमा उप्रेतीले खाद्य बैंकको आवश्यकता महसुस गरी यस कार्यमा अघी बढ्नुभएको हो ।

वातावरण बचाउने, पर्यावरणीय सन्तुलन कायम गर्ने सम्मका कार्यक्रमहरु अघी सारेको यस कम्पनीले ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादनः हाम्रो अभियान’ भन्ने नारा तय गरेको छ । यसले मूलतः पोषणयुक्त खाद्यान्न उत्पादनमा विशेष जोड दिनेछ ।

खाद्य बैंकको सोच
विगतमा व्यक्तिगत तवरबाट चितवनमा कृषि कार्यमा संलग्न रहँदै आउनुभएका व्यक्ति हुनुहुन्छ शङ्करनाथ उप्रेती । चितवनमा ३५ विघा क्षेत्रफल जग्गामा माछा पालन गर्दै आउनुभएका उहाँले २ सय भन्दा बढी गाई पालन समेत गर्दै आउनुभएको थियो । यद्यपि व्यक्तिगत तवरबाट मात्र काम गरेर कृषिमा ठूलो परिवर्तन ल्याउन नसकिने कुरालाई विचार गरेर नेपालमा उप्रेतीले खाद्य बैंकको आवश्यकता महसुस गरी यस कार्यमा अघी बढ्नुभएको हो ।

देशको आवश्यकता परिपुर्ति गर्न, राम्रो तवरले कृषिजन्य वस्तु उत्पादन एवं सही बजारीकरणको लागि काम गर्ने योजना बमोजिम यस बैंकले काम गरिरहेको छ ।
कृषि क्षेत्र निकै धेरै समस्या भएको क्षेत्र हो । यस क्षेत्रमा ठूलो योजना सहित अघी बढ्न अझ सजिलो छैन । सबैभन्दा पहिले राज्यलाई नीतिगत परिमार्जनको माध्यमबाट कृषिको प्रवद्र्धनात्मक कार्यक्रम समेट्न पहल गरिसकेपछि यस कम्पनीले विभिन्न ठाउँमा अध्ययन पाइलट प्रोेजेक्टको रुपमा कहाँ कस्ता रुखविरुवा, अन्नबाली, फलफूल तरकारीको राम्रो सम्भावना रहन्छ भन्ने सम्बन्धमा अध्ययन गर्न विज्ञ टोली खटाउनेछ ।

उत्पादन लागत घटाउनमा जोड
अहिले नेपाली बजारमा कृषिजन्य सामानको उत्पादन लागत बढी छ । उचित बजारको अभाव छ । कृषकले उत्पादन मार्फत लागत बराबरको रकम समेत प्राप्त गर्न नसकिने स्थिति छ । यस्तो अवस्थालाई चिर्न मूलतः उत्पादन लागत घटाउनुपर्ने र बजारीकरणको क्रममा रहने विचौलियापन हटाउनुपर्ने आवश्यकता छ । बजारीकरणको क्रममा सम्बन्धित क्षेत्रका कृषि सहकारीहरुसँगको सहकार्यमा कम लागतमा सम्बन्धित बजारमा उत्पादनहरु पठाउन सकिने र कृषकले उत्पादन गरेको सम्पूर्ण उत्पादन बैंक आफैंले किन्ने योजना बनाएको छ । कृषि क्रान्तिको यस नयाँ अभियानले मुलुकको जिडिपीमा वृद्धि गर्न प्रत्यक्ष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको अध्यक्ष उप्रेतीको धारणा छ ।

अहिले नेपाली कृषिका ठूला समस्या भनेका पुँजी, प्रविधि र जनशक्ति भन्दा पनि हाम्रो मानसिकता नै सबैभन्दा ठूलो समस्या बनेको छ । यसको लागि कृषक तथा युवा वर्गहरुमा नयाँ सोच सहितको सचेतना जागरण निकै महत्वपूर्ण देखिएको छ ।

उत्पादन लागत घटाउन खाद्य बैंकले प्रयोग गर्ने प्रविधिहरु

क) इजुला प्लान्ट
कृषि क्षेत्रमा अहिले मलको अभाव छ । यस्तो अभाव हटाउन कृषि बैंक व्यवस्थापन पक्षले इजुला प्लान्ट नेपालमा भित्र्याएको छ । यसले धानलाई थप नाइट्रोजन उपलब्ध गराउने काम गर्छ । अहिले बर्दिया र झापामा यस प्लान्टको प्रयोग शुरु गरिएको छ । यस विरुवालाई गाईभैंसीको लागि घाँस र मल दुवैको लागि प्रयोगमा ल्याउन सकिन्छ ।
 ख) राइस डक फार्मिङ
जापानमा प्रसिद्ध रहेको हाँस र धान सँगै उत्पादन गर्न सकिन्छ भन्ने प्रणाली पनि नेपाली बजारमा उपयुक्त देखिएको छ । धान रोपेको १५–२० दिन पछि हाँस खेतमा छोड्ने र धान फूल्ने बेला सम्म त्यसरी नै छोड्न सकिन्छ । यसबाट खेतलाई मल प्राप्त हुनुको अलावा धानको झार हाँसले खाने हुनाले हाँसलाई अन्य आहारको आवश्यकता पर्दैन । धानमा भएको झारलाई हाँसले आहार बनाउँछन् । एउटा हाँसबाट ५ किलो मल उत्पादन गर्न सकिने अध्ययनले देखाएको छ । अहिले झापा र बर्दियाको थोरै क्षेत्रमा १–१ हजार हाँस छोडेर त्यसको उत्पादनमा पर्ने प्रभाव सम्बन्धमा यस बैंकले अध्ययन गरिरहेको छ । प्रा.डा. चन्द्र प्रसाद पोखरेलको नेतृत्वमा यो कार्य अघी बढिरहेको छ ।

अन्य समस्या
अहिले नेपाली कृषिका ठूला समस्या भनेका पुँजी, प्रविधि र जनशक्ति भन्दा पनि हाम्रो मानसिकता नै सबैभन्दा ठूलो समस्या बनेको छ । यसको लागि कृषक तथा युवा वर्गहरुमा नयाँ सोच सहितको सचेतना जागरण निकै महत्वपूर्ण देखिएको छ । कृषकहरुलाई समेत बैंकको संस्थापक बनाइएको हुनाले कृषकले अपनत्व महसुस गर्ने र यसबाट उत्पादन वृद्धिमा थप योगदान पुग्नेमा खाद्य बैंक अझ विश्वसनीय देखिन्छ ।

नीतिगत समस्या
– कृषिमा राज्यले प्रत्येक बर्ष अनुदान दिँदै आएको छ । यद्यपि संस्थागत रुपमा राष्ट्रव्यापी अभियान चलाई प्रत्यक्ष रुपमा कृषकलाई उत्पादनमा उत्प्रेरित गर्ने सम्बन्धमा भने राज्यको नीति नै बनेको पाईंदैन ।

– अहिले पनि सहकारीहरु विभिन्न कृषिजन्य काममा संलग्न हुनको लागि कृषिजन्य क्रियाकलापमा संलग्न संस्था वा फर्मसँग जोडिएर काम गर्न चाहिरहका छन् । यद्यपि यसमा कानुनी प्रावधान बाधक छ । सहकारीहरुलाई राष्ट्रिय सहकारी बैंक र केन्द्रीय बचत तथा ऋण सहकारी संस्था लि. (नेफस्कुन) बाहेक अन्य संस्थाको सदस्यता लिन निषेध गरिएको छ ।

– नेपालमा बाँझो जग्गा ठूलो परिमाणमा छ । बाँझो जग्गा खेती गर्न चाहने व्यक्ति वा संस्थालाई निश्चित सर्तमा लिज्डमा दिने व्यवस्था पनि झण्झटिलो छ ।

– विगतमा धानचामल निर्यात कम्पनी नेपालमा सञ्चालनमा रही यहाँ भएको उत्पादन बाह्य बजारमा बिक्री गरिँदै आइएकोमा अहिले बार्षिक ५६ अर्ब रकम नेपालमा भित्र्याउने अवस्था सृजना हुनुमा कुन–कुन तत्वले प्रभाव पारेका छन् भन्ने सम्बन्धमा पनि आवश्यक अध्ययन गर्नुपर्ने जरुरी छ ।

खाद्य बैंकलेदोस्रो चरणमा आफ्नो सञ्जाल देशभर बढाउने र विगतमा अन्नबालीमा केन्द्रित रहेका कार्यक्रमहरु विस्तार गरेर दूधदही, माछामासु, तरकारीबाली लगायतमा क्रमिक रुपमा संलग्न हुँदै जाने योजना बनाएको छ । मूल्य स्थानीय निकाय लगायत विभिन्न पक्षसँगको सहकार्यमा मूल्य तोकिने कम्पनीको योजना छ । राजनीतिक दलहरुका युवा संघहरुलाई अब उत्पादनशिल क्रियाकलापमा जोड्नुपर्नेमा समेत राजनीतिक दलसँग यस बैंकले सरसल्लाह गरिरहेको छ ।

बदलिएकाे व्यवहार

अहिले नेपालीहरुको खानपिनको बानीव्यवहार बदलिएको छ । आयातित उत्पादनमा रमाउँदा मौलिक पहिचान गुमेको छ । सीमित फलफूल बाहेक अलि महँगा महँगा पौष्टिक आहार एवं फलफूलहरु हाम्रो पहुँच भन्दा बाहिर छन् । यस सम्बन्धमा पनि पहल गर्ने खाद्य बैंकले योजना बनाएको छ । जसबाट नागरिकको पौष्टिक अभावको समस्या हट्ने र स्वस्थ एवं तन्दुरुस्त जनशक्ति उत्पादनमा पनि लाभ पुग्नेछ ।

अन्त्यमा
विगतमा नेपालमा भित्रिएका गैरसरकारी संस्थाका कार्यक्रमहरु प्रभावकारी नभएको बरु त्यस्ता संस्थाहरुले हामीलाई पराधिन बनाउँदै लगेको प्रति पनि जागरुक हुनुपर्नेमा खाद्य बैंकका अध्यक्ष उप्रेती ध्यानाकर्षण गराउनुहुन्छ । यसको उदाहरण दिँदै सन् २०१६ मा धान सम्मेलन (नार्कबाट आयोजित) आयोजना गरी २० बर्षे रणनीति बनाएसँगै नेपालका रैथाने धानबाली नाश गर्ने अभियान चलेको र यसले हाम्रो संस्कार र पहिचान गुमाएको उप्रेतीको धारणा छ । साथै राज्यबाट वितरण गरिने अनुदान कार्यक्रम पनि व्यवस्थित तवरले आवश्यकता हेरेर वितरण गरिनुपर्नेमा समेत उहाँको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij