२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

नबिल इन्भेष्टमेण्टकाे विशेष अफर, २०२२ रूपियाँमै आजिवन डिम्याट खाता

नबिल इन्भेष्टमेण्टकाे विशेष अफर, २०२२ रूपियाँमै आजिवन डिम्याट खाता

नेपालमा रहेको विद्यमान व्यवस्था अनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोले पछि आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नबिकरण गराउनु पर्ने भएकोले यसबाट लगानीकर्ताहरुलाई सम्बन्धित कम्पनीमा गई वा सम्बन्धित कम्पनीले तोकेको online पोर्टलहरुबाट नबिकरण हुँदै आएको व्यहोरा सर्वसाधारणमा विदितै छ । जसका कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनु पर्ने बाध्यता रहेकोछ । जसले गर्दा विद्यमान कोभिड १९ को जोखिमका कारणले आफ्नो डिम्याट खाता नबिकरण गराउन असमर्थ भएको देखिन्छ ।

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले आफ्ना विद्यमान कायम हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपाल मै पहिलो पटक “आजिवन डिम्याट खाता” को योजना पौष २६, २०७७ देखि लागु हुने गरी ल्याएको छ ।

उक्त योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक रु. ३,००० (तीन हजार) रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गर्ने झन्झटबाट मुक्त हुन सक्नेछन् । तर, अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा जनवरी ०१, २०२२ वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि यस्तो खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले रु. ९७८ छुट सहित जम्मा रु. २०२२ (दुई हजार बाईस रुपैयाँ मात्र) मा जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् । साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको वेभसाइट https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij