२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जगदम्बा मोटर्सको सीइओमा दीपक अग्रवाल

जगदम्बा मोटर्सको सीइओमा दीपक अग्रवाल

काठमाडौं। जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृतमा दीपक अग्रवाल नियुक्त भएका छन्। अग्रवाल जगदम्बा मोटर्स् छिर्दा कम्पनीले बिक्री गरिरहेको ब्रान्ड महिन्द्रा टु ह्‍वीलर्स मात्रै थियो।
२०१६ मा टीभीएसको दुईवटा वितरक थिए। पूर्वमा महावीर अटोमोबाइल्स् र मध्य एवम् पश्चिमी क्षेत्रमा चौधरी ग्रुप थियो। दुईवटा समूहले वार्षिक ५ हजार मात्रै टीभीएसका बाइक र स्कुटर बिक्री गर्थे।

जगदम्बा मोटर्सले टीभीएसको जिम्मा पाएपछि नाकाबन्दीका बाबजुद पहिलो वर्षनै ५ हजारको भोल्युम कटाएको अग्रवालले जानकारी दिए। गत वर्ष टीभीएसले ५० हजारभन्दा बढी बिक्री गरेको उनले बताए।

‘हामी निकै आक्रामक लक्ष्य लिएर अघि बढिरहेका छौं। हामी कस्टमर सेन्ट्रिक भएर काम गरिरहेका छौं। आफ्टर सेल्समा हाम्रो ध्यान निकै छ,’ अग्रवालले भने।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij