२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

चिसोका कारण हेटौंडाका विद्यालय बन्द

चिसोका कारण हेटौंडाका विद्यालय बन्द

school building icon over white background. colorful design. vector illustration
school building icon over white background. colorful design. vector illustration

मकवानपुर — हेटौंडा क्षेत्रमा चिसो बढेसँगै हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालय बुधबार बन्द गरिएको छ ।

उपमहानगरपालिकाअन्तर्गत्‌को शिक्षा विकास महाशाखाले सूचना जारी गरी विद्यालय बन्द हुने जानकारी दिएको हो ।
सूचनामा तापक्रम घटेको र पानी पनि परेकोले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै नगर प्रमुखको आदेश अनुसार विद्यालय बन्द गर्न भनिएको छ ।

हेटौंडामा मंगलबार रातिदेखि नै वर्षा भइरहेको छ । हेटौंडाका सामुदायिक तथा निजी सबै विद्यालय बन्द भएका छन् । ‘कोरोनाको नयाँ भेरियन्टसँगै बालबालिकाको स्वास्थ्यलाई पर्न सक्ने असर हेरेर विद्यालय बन्द गरेका हौं’, मेयर हरिबहादुर महतले भने । उनका अनुसार बिहीबार मौसम हेरेर मात्र विद्यालय सुचारु गर्ने वा नगर्ने निर्णयमा पुगिने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij