२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बेलायतमा एकै दिन झण्डै एक लाख बीस हजार संक्रमित

बेलायतमा एकै दिन झण्डै एक लाख बीस हजार संक्रमित

Lab technician holding swab collection kit,Coronavirus COVID-19 specimen collecting equipment,DNA nasal and oral swabbing for PCR polymerase chain reaction laboratory testing procedure and shipping

बेलायतमा दैनिक कोरोना संक्रमितको नयाँ कृतिमान लगातार कायम रहँदै आएको छ। बुधबारको कृतिमान तोड्दै बिहीबार एकैदिन झन्डै एक लाख बीस हजार संक्रमित थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार भन्दा बढी संक्रमित थपिएका थिए । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गएको २४ घन्टामा थप एक लाख १९ हजार ७८९ जना संक्रमित थपिएका छन् ।

यससंगै बेलायतमा कुल संक्रमितको संख्या एक करोड १७ लाख ६९ हजार ९२१ पुगेको छ । कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ को संक्रमण बढेपछि बेलायतमा हाल संक्रमण दर निकै तीव्र रुपमा फैलिएको छ । यसअघिको डेल्टा भेरिएन्टको तुलनामा ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिने भएपनि यसको असर डेल्टा भेरिएन्ट भन्दा कम रहेको र अस्पताल भर्ना हुनुपर्ने अवस्था पनि न्यून रहेको अध्ययनले देखाएको छ ।

संक्रमण दरमा आएको तीव्रताका कारण बेलायतका अस्पतालमा कर्मचारीको अभाव खट्किन थालेको छ । डिसेम्बर महिनामा करिब १९ हजार कर्मचारीहरु कोरोना संक्रमणका कारण अनुपस्थित रहेको अधिकारीहरुले बताएका छन् । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा रेल सेवामा परेको असुविधालाई मध्यनजर गर्दै सरकारले लागू गरेको १० दिनको क्वारेन्टाइन अवधिलाई घटाएर ७ दिनमा झार्ने निर्णय गरेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा कोरोनाका कारण १४७ जनाको ज्यान गएको छ । योसंगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या एक लाख ४७ हजार ७२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij